आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

के हो गायत्री मन्त्र र किन जपिन्छ? जानी राखे राम्रो

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • हामी सबै गायत्री मन्त्रका वारेमा परिचित छौं । तर, मन्त्रका विषयमा थाहा भएपनि यसको अर्थ भने धेरैलाई थाहा नहुन सक्छ । पहिला पहिला व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । द्विज संस्कार गरिएको ब्राह्मणले दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जप पर्नुपर्छ भनी शास्त्रले बताएको छ । यो मन्त्र अरुलाई सुनाउन नहुने भन्न नहुदै भनिन्थ्यो । तर, अचेल भने गायत्री मन्त्र गोप्य रहेन । विद्यालयहरूदेखि लिएर पानपसलसम्म पनि गायत्री मन्त्र बजाइने गरेको पाइन्छ । अर्थात हामी यत्रतत्र गायत्री मन्त्र सुन्न पाउछौं । यसलेृ सुन्न वा भन्न नहुने संस्कारको अन्त्य भएको छ ।

    गायत्री मंत्र स् ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।।

    अर्थ ९ॐ० यो प्रभुको मुख्य नाम हो । त्यो प्राणहरूको प्राण ९भूः०, दुःखनाशक ९भुवः० सुखस्वरूप ९स्वः० हो । त्यो९तत्० सकल जगतका उत्पादक ९सवितुः०, प्रभुको ९देवस्य० ग्रहणयोग्य ९वरेण्यं०, विशुद्ध तेज ९भर्गः० लाई हामी धारण गरौं ९धीमही० जुन प्रभु ९यः० हाम्रो ९नः० बुद्धिहरूलाई ९धियः० असल मार्गमा प्रेरित गरून् ९प्रचोदयात्० । सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् ।

    गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् । गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवम् आत्मिक आनन्द प्राप्त गर्दछ । गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी एवं तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन् ।

    गायत्रीको जपबाट अनायास एक महत्वपूर्ण योग साधना हुन थाल्छ र गोप्य शक्तिकेन्द्रको जागरणबाट साधकलाई आश्चर्यजनक लाभ हुन थाल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij