मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

माटोबिना नै छतमा सागसब्जी फलाउने अनौठो प्रविधि, आम्दानी वार्षिक २ लाख बढी

  • प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५



  • बिजशाला काठमाण्डौ । विश्वभर शहरीकरण तीव्र भएसँगै अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय वर्गफुट जति सानो क्षेत्रमा सागसब्जी उत्पादन गरिन्छ । जानकारहरुका अनुसार एकपटकको करिब डेढ लाख रुपैयाँ लगानीबाट तपाईले बर्षेनी २ लाख भन्दा बढी आम्दानी गर्न सक्नुहुन्छ । यो टेक्निकको मुख्य विशेषता भनेको यसमा माटोको प्रयोग नहुनु हो । यो तरिकामा बिरुवालाई अत्यावश्यक पोषक तत्व पानीको साहाराबाट सोझै बिरुवाको जरासम्म पुर्याइन्छ । टेक्निकल भाषामा यो विधिलाई हाइड्रोपोनिक्स भनिन्छ ।

    के हो यो प्रविधि ?

    यो प्रविधिमा माटोको प्रयोग बिना नै सागसब्जीको खेती गरिन्छ । यसमा बिरुवालाई चाहिने पोषक तत्व पानीको माध्यमबाट जरासम्म पुर्याइन्छ । बिरुवा एक मल्टि लेयर फ्रेमको साहारामा राखिएको पाइपमा उम्रिन्छ र यसको माध्यमबाट पाइपभित्र पोषक तत्वबाट भरिएको पानीमा जरा छाडिन्छ । हाइड्रोपोनिक्स एक प्रविधि हो, जसलाई अलग–अलग तरिकाबाट प्रयोगमा ल्याउन सकिन्छ । तपाईले यो सिस्टमलाई आफ्नो स्तर अनुसार समेत प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो क्षेत्रमा काम गरिरहेका कतिपय कम्पनीहरुले यो प्रविधिको प्रयोगबाट तपाईलाई आवश्यक हुने सौखको गार्डेनदेखि लिएर व्यापारिक प्रयोजनको हिसाबबाट हुने खेतीपातीका लागि समेत प्रयोग गर्न तपाईलाई सघाउन सक्छन् ।

    यो प्रविधिमा काम गरिरहेको एक भारतीय कम्पनी ‘हमारी कृषि’को वेबसाइटका अनुसार उत्पादनका लागि आवश्यक एयरोपोनिक फ्रेम र टावर गार्डेन पहिला व्यवस्थापन गर्नुपर्छ । कम्पनीले बनाउने एक २ मिटर उचाईको टावरमा ४० बिरुवा लगाउन सकिन्छ । कम्पनीका अनुसार करिब ४०० बिरुवा रोप्न मिल्ने १० टावरको लागत १ लाख ५० हजारको हाराहारीमा आउँछ । यो मूल्यमा टावर, सिस्टम र जरुरी पोषक तत्व समेत सामेल छ । यदि यो सिस्टमलाई सही ढंगले प्रयोग गरियो भने त्यसपछि बिज र आवश्यक केही पोषक तत्वमा मात्र सामान्य खर्च आउँछ ।

    यो १० टावर तपाईको छतमा १५० देखि २ सय वर्गफुट क्षेत्रमा सहज ढंगले खडा गर्न सकिन्छ । विज्ञहरुका अनुसार यो प्रविधि मानिसलाई रोजगारी दिने राम्रो उपाय हो । किनभने परम्परागत कृषि प्रणालीको तुलनामा यो प्रविधिमा राम्रो आम्दानी हुन्छ । पहिलो वर्ष टावर तथा संरचना तयार गर्न खर्च भए पनि दोश्रो बर्षदेखिको आम्दानी अझ बढ्नेछ । कारण, त्यसबेला बिज, बिरुवाका लागि आवश्यक पोषक तत्वका लागि मात्र खर्च हुनेछ । त्यसपछि प्रत्येक वर्ष सानो लगानीमा २ लाख बढी आम्दानी लिन सकिन्छ ।

    यो टेक्निकबाट नियन्त्रित माहौलमा खेती हुन्छ । यसकारण अक्सर किसानले हाइड्रोपोनिक्सको माध्यमबाट यस्तो सागसब्जीको उत्पादन गर्छन, जसको बजार मूल्य निकै धेरै हुन्छ । यो प्रविधिमा पानी, फर्टिलाइजर, किटनाशकको खपत ५० देखि ८० प्रतिशतसम्म कम हुन्छ । यो टेक्निकबाट उत्पादन समेत ३ देखि ५ गुणासम्म वृद्धि हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij