प्रकाशित मिति : शनिबार, माघ १२, २०७५
निलम ओली , दाङ । घोराहीका समाजसेवी तथा युवा ब्याबसायि सरोज शाहका जेष्ठ सुपुत्र सम्भब शाहको १० औं जन्मदिनको अबसरमा घोराही उपमहानगरपालिका ७ पर्सा स्थित शान्ति बाल गृहमा रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई सामग्री बितरण गरेको मानव संरक्षक भोलानाथ योगिले जानकारी दिनुभयो ।
शाह परिवार र आफन्तहरुका बीच माघ १० गते बालबालिकाहरु लाई खेलकुदका सामग्री,शैक्षिक सामग्री फलफूल,खाद्यान्न लगायतका सामग्री बितरण गरिएको योगिले जानकारी दिनुभयो ।
समाजसेवि तथा युवाब्याबसायी शाहले भन्नुभयो जन्मदिनमा अनावश्यक पश्चिमेलि संस्कार भित्रयाई तडकभडक देखाई खर्चिलो बनाउनु भन्दा यसरी अनाथ बालबालिका र वृद्ध बृद्दाहरुलाई सेवा गरेमा हाम्रो समाजमा अबश्य फड्को मार्ने उहाँको बिश्वास व्यक्त गर्नुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij