आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मृत्यु संस्कार, जीवनको अन्तिम संस्कार

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • जन्म र मृत्यु सबै प्राणीमा अनिवार्य छ, यो सबैले स्विकार गर्नै पर्दछ। मृत्युलाई टार्न सकिदैन। मृत्यको कारण फरक फरक हुन सक्छ तर हरेक मानिसको मृत्युको स्वरुप चाहि एउटै हुन्छ।

    मानिसको मृत्यु आफैमा दु:खद घटना हो। यो दु:खद अवस्थामा मृतकका परिवार तथा आफन्तले मरेका मान्छेको माया स्नेहका कारण कुनै पनि मुल्य चुकाएर मन शान्त पार्न तयार हुनु स्वभाविक नै मानिन्छ। मृत्यु संस्कार मानिसको मृत्यु पश्चात गरिने संस्कार भएकोले यसमा विभिन्न धर्म र संस्कृति अनुसार फरक फरक विधिहरु अपनाएको पाइन्छ।

    हिन्दु परम्परा अनुसार मृतकको लाशलाई नदी किनारमा जलाउने परम्परा छ। हिन्दु शास्त्रमा मानिसको जन्मदेखि मृत्युसम्म १६ वटा अलग अलग संस्कार रहेको बताइन्छ। हिन्दुहरुका निम्ति जीवनको अन्तिम संस्कार अन्त्यष्टि संस्कार हो। मृतकका आफन्तहरुले मत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस भन्ने भावनाले यो अन्तिम संस्कार गर्ने गर्छन्।

    हिन्दु धर्ममा आत्मा र शरीर अलग हुनु नै भौतिक अर्थमा मृत्यु हो। प्रत्येक मृतकको आत्मा पारिवारिक मायाको कारणले आफ्नो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र यसले हानि पुर्याउन सक्ने हुनाले उसको आत्मा सही स्थानमा पुगोस भनेर अन्त्येष्टि संस्कार गर्ने गरिन्छ। अग्निद्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ। पितृलोक प्रस्थान गर्दा कुनै पनि कुराको अभाव नहोस भनेर खानेकुरा, लत्ताकपडा साथै मार्गदर्शनका लागि गाईदान पनि गर्ने गरिन्छ।

    बुद्ध धर्ममा मृत्यु हुनासाथ भूमिमा राख्ने अर्थि तयार पार्ने र यसरी तयार पारिएको अर्थिमा दक्षिण तर्फ सिरान पारेर सुताउने अनि मृतकको कानमा धार्मिक मन्त्रहरु सुनाउने विधि उल्लेख गरेको पाइन्छ। शरीरबाट प्राण निस्कन लागेपछि अन्तिम दानहरु गरिन्छ र प्राण गइसकेपछि मृतकको मुखमा पवित्र गंगाजल, तुलसीजल आदि राखिन्छ।

    मुसलमान समाजमा दाहसंस्कारको अनौठो परम्परा रहेको पाइन्छ। उनीहरु लासलाई तीन पटक नुहाइदिन्छन र कपडाले लासलाई बेर्दछन्। मुस्लिमहरु मा लाशलाई गाड्ने परम्परा छ।क्रश्चियन परम्परा अनुसार मृतकको लाशलाई कफनमा राखिन्छ। लाशमा सुगन्धित अत्तर छरेर प्रार्थना गरी चिहानमा गाडिन्छ।

    फारसी समुदायका मानिसहरु लाशलाई एक अग्लो स्थानमा पंक्षीहरुलाई खुवाउन राख्दछन्। पंक्षीहरुले लाशलाई खाइसकेपछि मात्र मृतकको अस्थिपञ्जरलाई सेलाउने गरिन्छ।विभिन्न देशका विभिन्न धर्मका मानिसहरुको जस्तो सुकै अन्त्येष्टि परम्परा भए पनि उद्देश्य चाहि एउटै हुन्छ मृतात्माको शान्तिको कामना गर्नु।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij