मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मन्दिर जाँदा यो कुरा सँधै मनमा राख्नुस्

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • मन्दिरमा प्रवेश उसको हुन्छ जसले आफ्नो मन बाहिरै छोडेर जान्छ । यदि तपाइँले मन्दिरको द्वारमै मन छोड्न सक्नु भएन भने मन्दिरमा प्रवेश सम्भव नै छैन । मनलाई बोकेर मन्दिर भित्र जानु र नजानुमा खास फरक छैन । मन बढो जटिल हुन्छ यो हतपति नियन्त्रणमा आउँदैन ।

    यदि तपाइँले घमण्ड छोड्नु भो भने विनम्रताले तपाइँलाई गाँज्छ । एक दिन यस्तो आउँछ कि यो पृथ्वीमा म जति विनम्र कोही छैन भन्ने अहंकार शुरु हुन्छ । घमण्ड फेरी फर्केर आएको तपाइँ चाल नै पाउनु हुन्न ।

    एक ब्यक्ति जंगलमा बस्ने एक तपस्वी भएको ठाउँमा पुगे र भने ‘हे सन्यासी तपाइँ त भिडभाडबाट जंगलमा आएर बस्नु भएको छ । मैले सुनें कि तपाइँ शिष्य पनि बनाउनु हुन्न । तपाइँलाई शिष्य बनाउने मोह पनि छैन । तपाइँलाई कुनै कुराको आशा र इज्जतको लोभ पनि छैन । मैले अरु सन्यासी पनि देखेको छु’ उसले अन्य २-४ सन्यासीको कुरा पनि गर्यो ।

    ती त्यागी पुरुष थिए । उनको आँखामा चमक आयो र चेहरामा नयाँ रौनक आयो । अनि बोल्न थाले ‘तपाइँले एकदम ठिक कुरा गर्नु भो । इज्जत प्रतिष्ठा कमाउन चाहने, पदका लागि मरिमेट्ने पनि सन्यासी हुन्छ ? मलाई हेर्नुस् म एकान्त जंगलमा बसेको छु कुनै पदको लोभ छैन इज्जत चाहिएको छैन कोही आएपनि ठिक छ नआएपनि ठिक छ ।

    अव भने यो मान्छेको मनमा पुरानै घमण्ड आयो उसलाई लाग्न थाल्यो कि म जंगलमा बसेको छु अरु भन्दा फरक छु । मेरो कुनै इच्छा पनि छैन । यस्तो घमण्ड सूक्ष्म हुन्छ र घुमिफिरी मान्छेमा आइ हाल्छ । यसकारण मानिसले मन्दिरमा प्रवेश गर्दा मन बाहिर राख्नु पर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij