मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उखुको जुस पिउँदा ध्यान दिनुपर्ने ७ कुरा

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • गर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं । यसले आँतलाई शितल बनाउँछ। यसका कयौं फाइदा छन्। जण्डिसको समस्यामा यसको फाइदा निकै हुन्छ । गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो। यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ। एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ । तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन । उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानी तय हुन्छ।

    १. फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ । तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ । पसलमा झिंगा भन्किइरहेको हुन सक्छ । त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न ।

    २. खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ । किरा लागेको उखुको जुस परेको छ भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन् ।
    ३. फ्रिज गरेको जुस : उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ । बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ । किरा लागेको हुनसक्छ । यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस् ।

    ४. अन्य रसको मिश्रण : उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ । उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न । कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ । यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन । तर स्वादमा भिन्नता आउछ ।

    ५. अधिकतम २ गिलासको जुस : उखुको रस स्वादिलो हुन्छ । पिउने हो भने जति पनि पिउन सकिन्छ । झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन । तर धेरै पिउनु गलत हो । विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न । यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ । धेरै उखुको रसले नोक्सानी पु¥याउन सक्छ ।

    ६. संक्रमण हुने खतरा : सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ। किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ । यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ।

    ७. मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ। यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ । मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij