आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वास्तुशास्त्र भन्छः घरमा गर्नुस् यी काम, धन जोगिन्छ

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ । यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ । घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन ।

    घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ । घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ । यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ ।घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् ।

    घरको छतमा राखिने पानी टंकी दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा टंकी राख्नु अशुभ हुन्छ । अन्य दिशामा टंकी छ भने रातो धागोमा क्रिस्टल बाँधेर टंकीमा झुण्ड्याउनुहोला । घरका हरेक सदस्यले कोठाको ढोकामा खुट्टो नतेर्सिने गरी सुत्नु जरूरी हुन्छ । वास्तु अनुसार यसरी सुत्नु सही होइन । यसो गर्दा धनको समस्या आइलाग्छ ।भान्सामा आगो र पानी नजिकै नराख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij