मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चाँढै धन आर्जन गर्न यसो गर्नुहोस्

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • सफल मानिसहरू कसरी प्रत्येक कदममा सफल हुन सके होलान् भन्ने जिज्ञासा तपाईंमा पनि अवश्य होला । उनीहरू जस्तै आफूले पनि टन्न पैसा कमाउन पाए हुन्थ्यो भन्ने लाग्दो हो तपाईंलाई । तर केही मानिस चाहिँ राम्रो कमाएपनि आर्थिक रूपमा मजबुत हुँदैनन् र भविष्यको बचत पनि गर्न सक्दैनन् ।

    आर्थिक रूपमा मजबुत मानिसमा केही बानी हुन्छन् जसले उनीहरूलाई सफलताको बाटोमा हिँडाउँछ । ती बानी तपाईंले पनि अपनाउनुभयो भने आर्थिक कमी हुन पाउँदैन ।

    १. समय उपयोग सफल र आर्थिक रूपमा मजबुत व्यक्तिहरू आफ्नो बहुमूल्य समय काममै लगाउँछन् । टिभी हेरेर समय बिताउँदैनन् ।

    २. सन्तुष्ट रहने अनि बलिदान दिने आर्थिक रूपमा शक्तिशाली व्यक्ति असन्तोकी हुँदैनन् र फाल्तु खर्च गर्दैनन् । अरूको हितका लागि पैसा खर्च गर्न उनीहरू तत्पर हुन्छन् र आफ्ना आवश्यकताको बलिदान दिन पनि तयार हुन्छन् ।

    ३. आफूलाई गाली नगर्ने असफल व्यक्तिहरू सधैं आफ्नो असफलतालाई समातेर आफैंलाई सरापिबस्छन् तर सफल व्यक्तिहरू हार, असफलता र गल्तीमाथि चिन्तन मनन गर्छन् अनि गल्तीलाई भविष्यमा दोहो–याउँदैनन् ।

    ४. फाल्तु खर्च नगर्ने सफल र आर्थिक रूपमा शक्तिशाली मानिसहरू कमाइको केही भाग नियमित रूपमा बचाउँछन् र आवश्यकता अनुसार मात्र खर्च गर्छन् । नयाँ कार, ठूलो टिभी र महंगा सोखमा पैसा लुटाउँदैनन् उनीहरू ।

    ५. लामो अवधिको योजना पछिसम्मको वित्तीय योजना बनाउनाले मानिसहरू धनी र सफल हुन्छन् । आफूलाई चाहिने जति मात्र खर्च गरेर दीर्घकालीन आर्थिक योजना बनाउँछन् उनीहरू ।

    ६. देखेभन्दा बढी मेहनत सफल मानिसहरू काममा देखिने परिणामभन्दा धेरै मेहनत गर्छन् । देखावटीका लागि भन्दा पनि काम सफल बनाउन उनीहरू मेहनत गर्छन् ।

    ७. कामप्रति समर्पित सफल व्यक्तिहरू पूरै लगनका साथ काम गर्छन् र कामप्रति समर्पित रहन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij