मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्ता छन् दहीका फाइदाहरु तर राती दही खानु हुदैन, किन?

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • काठमाडौं । नेपाली समाजमा एउटा मान्यता छ, कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक भोजनको रुपमा प्रयोग गरिन्छ । सबै उमेर समुहको लागि उपयोगी क्याल्सियम र मिनरलको खानी होे दही । विशेषतः पाचन सम्बन्धी समस्याका लागि दही निकै राम्रो मानिन्छ ।

    दहीका फाइदाहरु :

    पाचन शक्ति बढाउछ
    नियमित दही सेवन गर्नेहरुको पाचनप्रणाली मजबुत हुन्छ । दहीले रगतको कमीलाई पुर्ति गर्दै शरिरको कमजोरीलाई कम गर्छ । दहीमा अम्लिय पदार्थ हुने भएकाले यसले खाना रुचाउने र भोक जगाउछ । दहीले रोग प्रतिरोधात्मक क्षमतालाई समेत सुद्धढ बनाउछ ।

    हड्डीलाई मजबुत बनाउछ
    दहीमा क्याल्सियमको मात्रा बढी हुने हुँदा हड्डीलाई मजबुत बनाउनुका साथै यसको विकास हुन सघाउँछ । दातलाई मजबुत बनाउन पनि दहीले विशेष भूमिका खेल्दछ ।

    मुटुको लागि लाभदायक छ
    दही नियमित सेवन गर्नेहरुमा मुटुसम्बन्धी रोग देखिदैन । यसले ब्लडप्रेसर नियन्त्रण गर्न समेत विशेष भूमिका खेल्दछ । कोलेस्ट्रोल बढ्नबाट रोक्नुका साथै असामान्य मुटुको धड्कनलाई सामान्य अवस्थामा फर्काउन पनि दहीले सहयोगीको भुमिका निर्वाह गर्दछ ।

    सौन्दर्य बढाउछ
    छाला गोरो बनाउन दहीको प्रयोग गरिन्छ । दहीलाई अनुहार वा शरिरमा लगाउनाले छाला कोमल बनाउनाका साथै कालोबाट गोह्रो बनाउन सहयोग गर्दछ । नुहाउनुभन्दा अगाडी कपालमा दही लगाउनाले चाया एवं कपालको रुखोपन कम हुदै जान्छ । दहीको लस्सीमा मह मिलाएर पिउनाले पनि सौन्दर्यमा प्रतक्ष्य प्रभाव पार्दछ । दहीले छालाको एलर्जी रोकथाम गर्ने हुदा यसको प्रयोग महत्वपूर्ण छ । दहीमा नीमको रस मिलाएर लगाउनाले दाद रोग समेत निको हुन्छ ।

    राम्रो निन्द्रा लाग्छ

    दहीको नियमित सेवन गर्नेहरुमा निन्द्राको समस्या हुदैन । दहीले रातमा निन्द्राको समस्या कम गर्न विशेष भूमिका खेल्छ ।

    दहीले मोटाउन सहयोग गर्छ
    दहीले मोटाउन पनि सहयोग गर्छ । दुब्ला पातलाले दहीमा किसमिस, बदाम र छोकडा मिलाएर खाएमा उल्लेख्य रुपमा तौल बढ्न सहयोग पुग्छ । तर मोटा व्यक्तिलाई भने दहीको प्रयोग कम गर्नु नै बुद्धिमानी हुन्छ ।

    राती दही खानु हुदैन, किन?

    रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

    बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij