मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालीहरु किन मोटाउँदैछन् ? खतरा बढ्दै : सर्बेक्षण

  • प्रकाशित मिति : आइतवार, माघ १३, २०७५



  • नेपालीहरु मोटाउने क्रम बढेका छन् । यसको अर्थ यो होइन कि, नेपालीहरुको जीवनस्तर सुधि्रयो । बरु, यसले के संकेत गर्छ भने नेपालीहरुमा रोगको जोखिम बढ्दैछ । किनभने मोटोपनको कारण हो, निस्क्रिय जीवन, अस्वस्थ्यकर खानपान ।

    डरलाग्दो सर्बेक्षण

    नेपालका करिब २२ प्रतिशत महिलामा मोटोपना भएको एक सर्वेक्षणले देखिाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण ०१६ ले १५ वर्षदेखि ४९ वर्ष समुहका करिब २२ प्रतिशत महिलामा मोटोपना भएको देखाएको छ।

    मोटोपनामा पनि करिब १७ प्रतिशतमा अधिक मोटो तथा ५ प्रतिशत मोटो रहेको पाइएको थियो।

    सर्वेक्षणमा छ हजार ५६५ महिला तथा चार हजार ३२९ पुरुषको तौल र उचाई तथा उनीहरुको पोषण स्थिति बारे मापन गरिएको थियो।

    तौल तथा उचाई मापनका क्रममा करिब १७ प्रतिशत महिला निकै दुब्लो पाइएको थियो भने करिब २२ प्रतिशत महिला अति मोटो भएको पाइएको थियो । यस सर्वेक्षणमा दुई महिनासम्मका सुत्केरी महिला तथा गर्भवती महिलाहरुलाई भने सामेल गरिएको थिएन।

    कुन प्रदेशका कति मोटा

    सर्वेक्षणका क्रममा मोटोपनामध्य पनि सबैभन्दा सम्पन्न घर परिवारका ४५ प्रतिशत तथा प्रदेश नम्बर ३ का ३५ प्रतिशत महिलाहरु अति मोटो भएको पाइएको थियो । जबकी प्रदेश नम्बर ७ का करिब ९ प्रतिशत महिलामा मात्र अति मोटोपना भएको पाइएको थियो ।

    बद्लिदो जीवन शैली, खानपान तथा सुख सविधाका कारण पनि नेपालमा मोटोपनाको समस्या बढ्दै गएको उक्त तथ्यांकले देखाएको छ।

    महिलाहरु बढी मोटाए

    तथ्यांक अनुसार महिलाहरुमा देखिएको यस प्रकारको मोटोपना दश वर्षकै दोब्बर हो।

    सन् २००६ मा ९ प्रतिशत महिलाहरुमा मोटोपनाको समस्या देखिएकोमा सन् २०१६ मा यो समस्या दोब्बर भन्दा बढीले वृद्धि भई २२ प्रतिशतमा पुगेको थियो ।

    त्यस्तै, नेपाल जनसांख्यिम स्वास्थ्य सर्वेक्षणले पहिला पटक समेटेको पुरुषको पोषण स्थितिले समेत यस कुरालाई पुष्टि गरेको छ । सर्वेक्षणमा १५ देखि ४९ वर्ष उमेर समूहका झण्डै ४,३२९ पुरुषहरुको उचाई तथा तौलको मापन गरिएको थियो ।

    मापनका क्रममा पुरुषहरुमध्ये करिब १७ प्रतिशत पुरुष अति दुब्लो भएको पाइएको छ भने करिब १७ प्रतिशत अति मोटो पाइएको थियो ।

    त्यस्तै, ३० देखि ३९ वर्ष समूहका करिब २८ प्रतिशत पुरुष तथा नेपालका सम्पन्न घर परिवारका करिब ३२ प्रतिशत पुरुष अति मोटो भएको पाइएको थियो।

    कुपोषण महिला र पुरुषमा बराबरै जस्तो

    नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा महिलामा कुपोषणको अवस्था बराबरै जस्तो देखिएको छ । जसमा झण्डै १७ प्रतिशत महिला तथा पुरुष दुवै दुब्लो भएको थियो ।

    महिला तथा पुरुषको पोषणको स्थितिलाई उनीहरुको तौल तथा उचाईको अवस्था अर्थात बडी मास इन्डेक्स -बिएमआई)ले मापन गरिन्छ । विएमआई १८.५ भन्दा न्युन हुनु भनेको महिला तथा पुरुष कुपोषित हुनु हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij