आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिनमा दुई मुठी ओखरको गुदी खानाले यी अद्भुत फाइदाहरु …

  • प्रकाशित मिति : सोमवार, माघ १४, २०७५



  • ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउने पछिल्लो अध्ययनले देखाएको छ । बायोलोजी अफ र्रि्रोडक्सन जर्नलमा छापिएको अध्ययन प्रतिवेदन अनुसार दिनमा दुइ मुठी जति ओखरको गुदी खानाले तन्नेरीहरुको शुक्रकिटलाई स्वस्थ राख्दछ ।

    अध्ययनको क्रममा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको पाइएको थियो ।

    खासगरी ओखरमा रहेको फ्याट्टी अम्लले शुक्रकिटको विकाशमा सघाउ पूराउने अध्ययनकर्ताको निष्कर्षछ । त्यसैले ओखर पुरुषको बाँझोपनको उपचारमा समेत सहायक सिद्ध हुनसक्ने अनुमान गरिएको छ ।

    बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ समेत हुन्छन् । प्रमुख शोधकर्ता एलान प्यासीले यस्ता अध्ययनका निष्कर्षाई खिसिट्युरी गर्न सजिलो हुने भएपनि आफुहरुको अध्ययनले निकै महत्वपर्ूण्ा तथ्य पत्ता लगाएको र यसले प्रजनन स्वास्थ्यमा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् ।

    अध्ययनको क्रममा लिइएका २१ देखि ३५ वर्षसम्मका ११७ जना पुरुषहरुलाई दुइ भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एक समूहका पुरुषलाई दैनिक ७५ ग्राम ओखरको गुदी खान दिइयो । तर अर्को समूहका पुरुषलाई ओखर खान दिइएन । १२ हप्तापछि ति दुइ समूहका पुरुषको विर्यको परिक्षण गर्दा नियमित ओखर खाएका पुरुषको विर्यमा शुक्रकिटको मात्रा बढि हुनुका साथै शुक्रकिट बढि स्वस्थ भएको पाइयो भने ओखर नखाएका पुरुषको शुक्रकिटमा कुनै फरक आएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij