मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सफा, मुलायम, चम्किलो अनुहार बनाउने अचुक उपायः लसुन र प्याजको फेसप्याकः घरैमा बनाउनुस्(बनाउने विधिसहित)

  • प्रकाशित मिति : सोमवार, माघ १४, २०७५



  • सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने ? यसका अनेकौ काइदा छन् । घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ । धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग गर्ने गरेका छन् । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, प्याज र लसुनको प्रयोगबाट पनि अनुहार चम्किलो बनाउन सकिन्छ ।

    प्याज र लसुन हरेकको भान्सामा सजिलै उपलब्ध हुने वस्तु हो । त्यसैले आवश्यकता अनुसार जतिबेला पनि यसको फेसप्याक बनाएर प्रयोग गर्न सकिन्छ ।

    छालाको लागि वरदान प्याज

    प्याजमा केही प्रकारको भिटामिन हुन्छ । यो एन्टी अक्सिडेन्टको खजाना पनि हो । यसको जुसमा एन्टी सेप्टिक, एन्टी ब्याक्टेरियल र एन्टी इन्फलेमेट्री गुण पाइन्छ । यसको नियमित प्रयोगले अनुहारको दाग हटाउन सकिन्छ । कसरी प्रयोग गर्ने ?

    प्याज स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक मानिन्छ । तपाईं चाहनुहुन्छ भने आफ्नो खानामा काँचो प्याज पनि सामेल गर्नुहोस् । यसलाई पिसेर फेसप्याक बनाएर पनि लगाउन सकिन्छ ।

    रुखोपन हटाउने लसुन

    लसुनमा भिटामिन–सी, भिटामिन बी–६, सेलेनियम, जिंक र फाइटोन्यूट्रीएट्स पाइन्छ । यसका साथै यसमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले डन्डीफोर हटाउन पनि सघाउँछ ।

    कसरी गर्ने प्रयोग ?

    नियमित रुपमा एक वा दुई केस्रा लसुन सेवन गर्न सक्नुहुनेछ । यसले अनुहारको छालामा निखार ल्याउनुका साथै पेट सम्बन्धी कतिपय समस्या पनि हटाउँछ । लसुनको रस वा पेस्ट बनाएर प्रयोग गर्दा अनुहारको रुखोपन हट्छ ।

    फेसप्याक बनाउने विधि

    – लसुनको पाँच वटा केस्रा र एउटा प्याजलाई पानीमा सफा गर्ने । त्यसलाई मिक्सरमा राखेर पिस्ने ।

    – अब यो पेस्टलाई अनुहारमा लगाउने र आधा घण्टा त्यसै छाड्ने ।

    – त्यसपछि सफा पानीले अनुहार पखाल्नुपर्छ ।

    – लसुनको रस निकालेर उक्त रस कपासले अनुहारको कालो दाग धब्बा भएको ठाउँमा लगाउनुपर्छ ।

    – अनुहारको कुनै पनि दाग हटाउन लसुन र महको पेस्ट बनाएर स्क्रब गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij