आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बच्चालाई वाकरमा राख्नुअघि ध्यान दिनुपर्ने कुरा

  • प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५



  • काठमाडौं । बामे सर्ने बच्चाहरुका लागि बेबी वाकर अभिभावकका हकमा निकै राम्रो विकल्प हुने गरेको छ । विशेषगरी, भर्खरै हिँड्ने उमेरका बच्चाहरुलाई हिँड्ने बानी बसाउन थुप्रै अभिभावकले बेबी वाकर प्रयोग गर्दै आएका छन्।

    तर, यस्ता वाकर बच्चाहरुका लागि कति उपयोगी वा घातक हुनसक्छन्, त्यसतर्फ पनि ध्यान दिनु निकै जरुरी छ।

    सामान्यतया चारपांग्रे बेबी वाकरले स-साना बालबालिकालाई हिँड्न सिकाउँछ । बेबी वाकर पांग्रायुक्त हुन्छन् ।

    प्लास्टिकको ट्रे, खेलौना र खोल्न मिल्ने सिटसहित आउने यस्ता वाकरमा बच्चालाई खुट्टा छिराएर सिटमा बसाइन्छ । बजारमा विभिन्न आकार र सुविधाका बेबी वाकर उपलब्ध छन् ।

    पछिल्ला केही अनुसन्धानले यस्ता वाकर बच्चाहरुका लागि फाइदाजनक भन्दा नोक्सानदायी पाइएको बताएका छन् । सोही कारण केही मुलुकले बेबी वाकरको प्रयोगमा प्रतिबन्ध नै लगाइसकेका छन् ।

    चोटपटकको जोखिम

    बेबी वाकर पांग्रायुक्त हुने भएकाले पांग्राको सहायताले बच्चाहरु यसमा छिटै कुद्ने गर्छन् । सोही कारण बालबालिकालाई चोटपटक लाग्ने जोखिम पनि धेरै हुने गर्छ।

    बैबी वाकरमा हिँड्ने बालबालिका लड्ने जोखिम बढी हुने गर्छ । वाकरहरु अग्ला हुने भएकाले बालबालिका आगो, पानी, बिजुली र बत्तीको नजिक पुग्ने जोखिम पनि बढी हुने गर्छ ।

    वाकरमा बसेका बालबालिका विषादी र हानीकारक औषधीहरु नजिक पुग्ने जोखिमसमेत हुन्छ ।

    हिँड्नमा ढिलार्इ

    वाकरमा राखेपछि बच्चाहरु चाँडै हिँड्छन् भन्ने भ्रम धेरैमा पाइन्छ । जबकि, वाकरमा राख्नाले बच्चाहरुले आफैं हिँड्न सिक्ने क्षमतामा र्‍हास आउने धेरै अनुसन्धानका नतिजाले देखाएका छन् ।

    त्यसबाट उनीहरुको समग्र विकासमै असर पर्ने गरेको तथ्यहरु फेला परेका छन् ।

    सामान्यतया बच्चाहरुले लडेर, भुईंमा गुल्टिएर, पल्टेर, विस्तारै उठेर हिँड्न सिक्छन् । वाकरमा राख्नाले बच्चाहरु सीधै हिँड्न थाल्छन्, जसले गर्दा उनीहरुको समग्र विकासमै समस्या उत्पन्न हुने गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij