प्रकाशित मिति : बुधबार, माघ १६, २०७५
बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन्। के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ। चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ।
चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ। दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij