मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नफाल्नुस् चामलको पानी, यस्ता छन् चौलानीका १० महत्वपूर्ण फाइदा

  • प्रकाशित मिति : बुधबार, माघ १६, २०७५



  • एजेन्सी । नेपाली चुल्होमा सँधै भात पाक्ने गर्छ । भात पकाउने बेला हामीले चामलको पानी फ्याक्ने गर्छौं । तर, भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चामलको पानी मानव स्वास्थ्यका लागि निकै लाभकर हुने बताएका छन् । चामलको पानीमा भरपुर कार्बोहाइड्रेड र अमिनो एसिड पाइने गर्छ । जसले शरीरलाई शक्ति दिने डाक्टर दाधीचको भनाई छ ।
    हेर्नुस् चामलको पानीका नौं फाइदाः

    कमजोरीको हटाउँछ चामलको पानी निकै शक्तिबद्र्धक हुन्छ । यो पानी पिएपछि शरीरलाई शक्ति मिल्छ । कमजोरी हट्छ ।

    पेट पोलिने समस्या हट्छ पेट पोलिने समस्या छ भने एक कप चामलको पानी पिउनुहोस् । समस्या समाधान हुन्छ ।

    मुहारको दाग धब्बा हट्छ मुहारमा डण्डीफोर, दाग धब्बा, छ भने चामलको पानीले मुख धोए हट्छ । छाला सफा र चम्किलो हुन्छ ।

    कब्जियतबाट राहात चामलको पानीमा धेरै फाइबर्स हुन्छ । यो पानी पिएमा अपच हुने समस्या हट्छ । अनि बब्जियतको समस्या पनि समधान हुन्छ ।

    पानीको कमी हुन दिँदैन शरीरमा पानीको कमी भएको खण्डमा चामलको पानी पिउनु पर्छ । छिटै आमाम मिल्छ ।

    भाइरल संक्रमण तपाइलाई भाइरल फिबर भएको छ भने चामलको पानी पिउनुहोस् । शरीरमा शक्ति मिल्नुका साथै आराम महशुस हुन्छ ।

    कपाल स्वस्थ राख्न स्याम्फुले कपाल धोएपछि चामलको पानी कन्डिशनर जस्तै प्रयोग गर्नुहोस् । यसले कपाल झर्ने समस्या हट्छ । साथै कपाल सिल्की र सफा देखिन्छ भने छिटो बढ्ने हुन्छ ।

    आँखाको चमक बढाउन आँखाको चमक राम्रो छैन भने चामलको पानीले राहात दिन सक्छ । राती सुत्नुभन्दा अघि चामलको पानी आँखाको आसपास लगाउनुहोस् । केही दिनमा आँखाको चमक बढ्ने छ ।

    बान्ता हुने समस्याको सामाधान लगातार बान्ता हुने समस्या भइरहेको छ भने चामलको पानी प्रयोग गर्न सकिन्छ । दिनको २–३ पटक चामलको पानी पिएमा त्यो समस्या छिटै निको हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij