आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चर्को आवाजमा डर लाग्छ ? यस्तो छ कारण र समाधान

  • प्रकाशित मिति : बुधबार, माघ १६, २०७५



  • कतिलाई चर्को आवाज वा ध्वानीसँग डर लाग्छ। यस्तो आवाजको गुञ्जनमा शरीर काँप्छ। पसिना छुट्छ। यो एक किसिमको समस्या हो। किनभने, सबैलाई यस्तो हुँदैन। चर्को आवाजसँग डराउने समस्यालाई अकूस्टिकोफोबिया भनिन्छ।

    यसकारण खतरनाक
    रोगले गम्भीर रुप लिएको अवस्थामा मुटुको धड्कन बढ्ने, सास फुल्ने, मुख सुक्ने, वा एन्जाइटी एट्याक पनि हुन सक्छ।

    कसलाई खतरा ?
    जो मानिसहरु अत्यधिक तनावग्रस्त वा चिन्तित रहन्छन्, उनीहरुलाई यो रोग लाग्ने अधिक खतरा हुन्छ। कुनै पनि फोबियाको पछाडि केही न केही कारण अवश्य हुन्छ। यो कुनै विशेष घटना, बाल्यकालका खराब स्मृति इत्यादिसँग जोडिएको हुन सक्छ। परिवारको इतिहास र पालनपोषणको अवस्थाले पनि यसमा ठूलो भूमिका खेल्छ।

    किन हुन्छ यस्तो ?

    यस्तो माहोलमा हुर्किएकोछ जहाँ ठूलो आवाजलाई मन पराइदैन, भने अन्यत्र कतै ठूलो आवाज सुन्दा अत्तालिनु स्वभाविक हुन जान्छ। यसको अर्को मुख्य कारण हो दुर्घटना। कुनै ठूलो दुर्घटनामा परेको अवस्थामा वा कुनै दुर्घटनामा चर्को आवाज आएको छ, भने भविष्यमा यस्तो आवाजले तर्साउँछ।

    जसको श्रवण शक्तिमा कमजोरी, उनीरुलाई पनि यो रोग हुन सक्छ किनकी उनीहरुलाई लाग्छ कि ठूलो आवाजका कारण उनीहरु पूर्णरुपमा बहिरो हुन सक्छन्।

    समाधान के ?

    यस बिमारीको उपचारका लागि महिले रोगीलाई शान्त माहोलमा राख्नुपर्छ र अरुले हौसला दिनुपर्छ। गम्भीर अवस्थामा उनीहरुलाई तनाव कम गर्ने औषधि दिएर उपचार सुरु गरिन्छ।

    सोचिएजस्तो, दवाई सँधै खाइरहनु पर्दैन। तर, सुरुमा खानुपर्छ। त्यसपछि सिस्टमेटिक डिसेन्सिटाइजेसन टि्रटमेन्ट गर्न सकिन्छ। यसमा रोगीलाई पहिले सानो सानो र पछि बढाउँदै ठूलो आवाज सुनाइन्छ। रोगीलाई बिहेबियरल साइकोथेरापी सेसन्स पनि दिइन्छ जसअन्र्तगत मनोविदले रोगीको डरको कारण पत्ता लगाएर त्यसलाई भगाउने प्रयत्न गर्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij