प्रकाशित मिति : बुधबार, माघ १६, २०७५
माघ १५ घोराही
डल्फिन पेलेट दाना कम्पनि कैलालि द्धारा मुख्य प्रायोजन गरीएको घोराहीमा जारी ५ नं प्रदेश स्तरीय पोल्ट्री महोत्सव तथा प्रदर्शनि २०७५ को आज छैटौ दिन प्रदेश नं ५ का बिभिन्न जिल्ला बाट पाल्नुभएका पोल्ट्री ब्यबसायि तथा महोत्सव आयोजक सुरक्षित कुखुरा तथा दाना ब्यबसायि घोराही दाङका कार्यसमिति द्धारा महोत्सवमा भएका बिभिन्न पोल्ट्री सम्बन्धि स्टलहरु अवलोकन गरीएको महोत्सव मुल आयोजक समिति सदस्य तथा प्रचार प्रशार उपसमिति संयोजक पोषण नाथ योगिले जानकारी दिनुभयो ।
आज एक कार्यक्रमको बिच अवलोकन गरीएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक तथा कुखुरा तथा दाना ब्यबसायि घोराहीका अध्यक्ष निम बहादुर बुढाथोकिको अध्यक्षतामा अवलोकन गरीएको उक्त अवलोकन टोलीमा निबर्तमान अध्यक्ष मिनु गिरी ,नेपाल पोल्ट्री संघ केन्दिय सदस्य पारस बस्नेत , प्राबिधिक सल्लाहाकार आनन्द कुमार चौधरी ,प्रचार प्रशार संयोजक पोषन नाथ योगि लगायत अन्य जिल्लाका पोल्ट्री ब्यबसायिहरु पाल्पा बाट दिपक आचार्य ,रुपन्देहिबाट बिरेन्द्र रााना ,नवलपरासिबाट धन बहादुर बुढाथोकि ,कपिलबस्तुबाट रुद्रनाथ रौतार अर्घाखाचिबाट जनक खनाल ,राजु अधिकारी ,मनकाजि गुरुङ, भेषराज खनाल र राप्ति भेटका स्टल सदस्य आशिका बुढाथोकि ,रबिना चौधरी र निकिता आचार्य लगायतको जम्बोटोलीले अवलोकन गरेको हो ।
अवलोकनका क्रममा ब्यबसायिहरुले स्टलमा रहेका अधिकांस सामानहरु मन पराएर आफुलाई आवश्यक सामानहरु पनि खरीद गर्नुभएको थियो । कुखुरा पालन तथा बजारीकरणको बिकास ,परनिर्भरमुखि अर्थतन्त्रको निकास भन्ने मुल नाराको साथमा सुरुभएको पोल्ट्री महोत्सव माघ २० गते सम्म चल्ने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij