मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मेथीको पातदेखि दाना सबै स्वास्थ्यका लागि अमृत समान

  • प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५



  • विभिन्न स्वाथ्र्यवद्र्वक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । वारम्वार पिसाब लागिरहने समस्या छ भने मेथीको पातको रसले निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइंको समस्या धेरैहदसम्म कम भएर जान्छ । धेरैजसो मानिसहरुलाई पेटसम्बन्धी समस्याले सताइरहेको हुन्छ।

    यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ । मेथीको साग नियमित भोजनमा समावेश गर्नु औषधी खाए बराबर हुने आयुर्वेदले भन्छ ।

    मेथीको दानाको चुर्ण बनाएर दिनुहुँ खाँदा तपाइको तौल नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ मेथीको सेवनले जोर्नीको दुखाईबाट पनि मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् । मेथीलले रुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा दैनिक रुपमा सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ । मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि रोकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij