मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पोल्ट्रि महोत्सवमा हेमन्तले मच्चाए तहल्का , भोलि १८ गते पुर्णकला बिसि लगायतका कलाकार आउदै

  • प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५



  • माघ १७

    घोराहि कुखुरा तथा दाना ब्यबसायि घोराहि दाङको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग बाणिँज्य संघको आयोजनामा घोराहिमा जारि प्रदेश नं ५ स्तरिय पोल्ट्रि महोत्सव तथा प्रदर्शनि २०७५ मा आज चर्चित आधुनिक गायक हेमन्त शर्माले तहल्का मच्चायका छन ।

     

    हेमन्त शर्माकोे गितमा दर्शकहरु छमछि नाचेका थिए । डल्फिन पेलेट दाना कम्पनि द्वारा मुख्य प्रायोजन रहेको उक्त पोल्ट्रि महोत्सवको आज आठौ दिन महोत्सवमा ५ हजार बढि दर्शकले महोत्सव अवलोकन गर्नुको साथै चर्चित केन्द्रीय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो बेजोड प्रस्तुति राखेका थिए ।

     

    चर्चित गायक हेमन्त शर्माको थापन थाप हातैमा , गुडेको रेलपनि छेक्दिन्छु मैले त,फुल हौ भने बसाईदेउ ,डमडमडमडम बज्यो लगायतका गितहरुमा दंगालि दर्शकहरु छमछमि नाचेका थिए साथै हेमन्तले आयोजकको रोजाई अनुसार गित गाई आयोजक टिमका सम्पुर्ण पदादिकारिहरुलाई नचाएका हुन । त्यस्तै गायक टोपेन्द्र बिष्ट ,गायक सरद समीप ,गायक एमटि महर लगायतका कलाकारले गित गाउदा दर्शकहरुले एकदमै मनोरन्जन लिएका थिए ।

    कार्यक्रममा आज कमल नारायणिको प्रतुतिले पनि दर्शकलाई भावुक बनायको थियो भने कमल नारायणिले वास्तविक माया प्रेमका कथा बस्तुलाई समेटेर नृत्य मार्फत प्रस्तुत गरेका थिय साथै बि फ्रिडम गु्रप र सृजु अधिकारी , आरुषि मगर लागायतका कलाकारहरुले पनि प्रस्तुति राख्नुभयको थियो साथै कार्यक्रममा चर्चित उद्घोषिका लिला थापाले उद्घघोषण गर्नुभयको थियो ।

     

    कुखुरा पालन एवं बजारिकरणको बिकास ,परनिर्भरमुखि अर्थतन्त्रको निकास भन्ने मुल नाराको साथमा सुरु भयको महोत्सव माघ २० गते सम्म चल्ने छ । महोत्सवमा पोल्ट्रि सम्बन्धि करिव ८९ वटा स्टल रहेका छन भने विभिन्न फुड आईटम पाईने स्टल पनि रहेका छन ।

     

    महोत्सव प्रबेशका लागि भने ५० रुपैया टिकटको ब्यबस्था गरीएको छ । बृद्द तथा अपाङ्गलाई निशुल्क र पत्रकारलाई परिचय पत्रका आधारमा प्रबेश गर्ने ब्यबस्था मिलाईएको पोल्ट्रि महोत्सवका प्रचार प्रसार संयोजक पोषण नाथ योगिले जानकारि दिनुभयो । महोत्सवमा भोलि १८ गते शुक्रबार पुर्णकला बिसि लगायतका चर्चित कलाकारहरु आउने पोल्ट्रि महोत्सव तथा प्रदर्शनि २०७५ को भोलि शुक्रबार चर्चित लोक तथा दोहोरि गायिका पुर्णकला बिसि लगायतका कलाकारहरु आउने कार्यक्रम तय गरियको पनि प्रचार संयोजक पोषणनाथ योगिले बताउनु भयो । यस्तै दोहोरि गाएक भागिरथ चलाउनि ,मोडेल रिना थापा मगर ,र मोडेल रेश्मा पुन लगायतको प्रस्तुति रहने छ भने उद्घोषकमा चर्चित उद्घोषिका सोभा त्रिपाठि रहनुहुने छ साथै स्थानिय कलाकार कमल नारायणि , बिफ्रिडम डान्स गु्रपको प्रस्तुति रहने प्रचार प्रशार उपसिमति संयोजक पोषणनाथ योगिले जानकारि दिनुभयो ।

     

    भोलि महोत्सवको नवौ दिन उक्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम तय भएको पनि उहाँले बताउनु भयो । भेटनरी औषधि बिभागका पदाधिकारी द्धारा पोल्ट्रि महोत्सव औषधिको बिषयमा जानकारी प्रदान आज काठ्मान्डौ बाट दाङको घोराहीमा जारी पोल्ट्रि महोत्सव तथा प्रदर्शनि २०७५ मा आएर भेटनरी औषधि बिभागका पदाधिकारीले महोत्सवमा आएका दर्शकहरुलाई कुखुरामा प्रयोग गर्ने औषधिको बिषयमा परामर्श तथा जानकारी दिएका छन । भेटफर्मा प्राली काठ्मान्डौका दिपक पौेडलको नेतृक्त्वमा सोनिका इन्टरनेशनल प्रालीका यम क्षेत्रि ,सेफ भेट केयर प्रालिका अर्जुन पौडेल ,फिजेन्ट बायोटेकका अनिल सापकोटा,तिलिचो टे«डिङ प्रालिका टेक सिह ठकुरी , मेडभेट फर्मा प्रालीका मोहन पौडेल ,कान्तिपुर भेटका अशोक खत्रि र तेज शाहि , टिटिके हेल्थ केयरका मुरारी सुबेदि ,बिग बि भेट फर्माका सुमन वली ,इन्डियन हब्सका सर्जन चौधरी ,कान्तिपुर भेटका नारायण बिश्वकर्मा , सागर घिमिरे ,भाटभटेनि प्रालिका रामहरी न्यौपाने क्युमेक फर्मुलेशन प्रालीका अश्विनि कुमार काफ्ले ,सिमपल भेट फर्माका जगत कठायत र सुर्यबिनायक भेटका दिवस थापा लगायतका पदाधिकारी हरुले महोत्सव अवलोकन गर्नुका साथै परामर्श पनि दिनुभएको थियो ।

     

    यसका साथसाथै बिभिन्न किसिमको जानकारी पाउदा पोल्ट्रि महोत्सवमा आउने कुखुरा पालक किसान निमेस थापाले खुसि ब्यक्त गर्नुभयो । यसैबिच आज महोत्सवमा एक कार्यक्रमका बिच उँहाहरुलाई सम्मान पनि गरीएको थियो भने एनभिएमएका सदस्य तथा भेट फर्मा प्रालि काठ्मान्डौका दिपक पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।कार्यक्रमको सहजिकरण सुरक्षित कुखुरा तथा दाना ब्यबसायि समिति घोराहिका सचिव चन्दन भन्डारीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij