मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चुइंगम पेटमा पुग्यो भने के हुन्छ ?

  • प्रकाशित मिति : शनिबार, माघ १९, २०७५



  • काठमाडौं । बच्चा अनि वयस्क सबै चुइंगम खान चपाउन मन पराउँछन् । चुइंगम चपाउँदै गर्दा झुक्केर निलियो अनि पेटमा पुग्यो भने हाम्रो पाचनप्रणालीमा नोक्सानी हुन्छ भन्ने मान्यता छ ।

    तर डराउनु नपर्ने रहेछ । नयाँ अध्ययन अनुसार, चुइंगम पच्छ पनि अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।

    न्युयोर्कको लेंगोन मेडिकल सेन्टरका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा लिजा गान्झुका अनुसार, चुइंगम निलिएमा डराउनुपर्दैन किनकि यो अन्य खानाजस्तै पच्छ तर यसको पाचनमा अलि बढी समय लाग्छ ।

    हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्ने डा लिजा बताउँछिन् ।

    डा लिजाले चुइंगम पच्ने कुनै निश्चित समय बताउन नसकिने किनकि यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा निर्भर रहने बताइन् । तर चुइंगम पच्ने चाहिँ सुनिश्चित रहेको उनको तर्क छ ।

    तर पच्छ भन्दैमा जानीबुझी चुइंगम ननिल्नुस् । धेर चुइंगम नचपाउनुस् र पाचनप्रणालीलाई विना कारण दबाब सहने स्थिति नल्याउनुस् ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij