प्रकाशित मिति : शनिबार, माघ १९, २०७५
बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ।
आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ।
आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ।
उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो। आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij