मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी ८ प्रकारका फलफुल, उच्च रक्तचाप र कोलेस्ट्रोलका लागि अमृत समान

  • प्रकाशित मिति : आइतवार, माघ २०, २०७५



  • अहिलेको समयमा उच्च रक्तचाप र कोलेस्ट्रोल शब्द धेरै नै सामान्य भईसकेको छ । हाम्रो समाजमा सबैको साझा रोगको रुपमा उच्च रक्तचाप पर कोलेस्ट्रोललाई लिने गरिन्छ । प्रचलित यी रोगहरुबाट प्रत्येक घरमा कोही न कोही पीडित भएको पाइन्छ । जति सामान्य यी रोग छन् त्यति सजिलै हामीले यसबाट छुट्कारा पाउन सक्छौँ ।

    हामीले प्रयोग गर्ने केही साधारण मौसमी फलफूलको नियमित सेवनले उच्च रक्तचाप, हृदयघात र कोलेस्ट्रोललाई कम गर्न सक्छौँ । त्यसैले घरमा कोहि यी रोगहरुबाट पीडित हुनुहुन्छ वा तपाईँलाई समस्या छ भने आजैदेखि यी फलहरु खान सुरु गरिदिनुस् । यी हुन् ती फलहरु जसले उच्च रक्तचाप, हृदयघात र कोलेस्ट्रोलकाबाट छुट्कारा दिलाउँछ

    १. स्याउ : उच्च रक्तचाप भएकाहरुकालागि स्याउ अमृत समान हो । उच्च रक्तचाप भएकाहरुले नियमित दुई वटा स्याउ खाने गर्नुपर्छ । यसले पिसाब खुलेर हुने र छिटो छिटो हुनेगर्छ । जसले शरीरमा भएको नुनीय पदार्थ बाहिर आउने र किड्नीलाई आराम हुन्छ ।

    २. कागती : मुटुको कमजोरी हटाउनका लागि कागतिले विशेष मद्दत गर्छ । कागतीको निरन्तर प्रयोगले रक्तबाहिनी नलीहरु नरम हुने र त्यसमा कोमलपन आउने गर्छ । जसले गर्दा रक्तबाहिनी नलीहरुको कठोरता हटेर जान्छ र उच्च रक्तचाप जस्ता रोगलाई निको पार्नमा कागती उपयोगि हुन्छ । यसले बुढेशकालमा पनि मुटु शक्तिशाली बनाइराख्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ । जुनसुकै अवस्थाको ब्लड प्रेसर भएपनि पानीमा कागति हालेर दिनमा ३–४ पटक सम्म पिउनाले लाभ हुन्छ । साथै चिया जस्तै तातोपानीमा एउटा कागतिको रस मिसाएर पिउनाले धेरै नै फाइदा हुन्छ ।

    ३. सुन्तला : उच्च रक्तचापमा दुई वटा सुन्तला दैनिक खाईराख्नुपर्छ, यसले रक्तचाप सामान्य हुन्छ । दैनिक बिहान खाली पेटमा एक गिलास सुन्तलाको रस जुसको रुपमा पिउने र दैनिक राति सुत्ने समयमा एक गिलास दूध पिउने बानी बसाल्नुपर्छ । यसमा पोटाशियम र क्लायल्शियम पर्याप्त मात्रामा पाइन्छ । सुन्तला र दूधमा पोटाशियम र क्याल्शियमको मात्रा बढी पाइने भएकाले यसको नियमित सेवनले रक्तचाप कम गर्न सकिन्छ । यी मिनरल्सले उच्च रक्तचापको प्रमुख कारक तत्व मानिएको सोडियमको मात्रा बढेर किड्नीमा हुन सक्ने क्षतिबाट जोगाउँछ ।

    ४. अमला : अमलामा सोडियम कम गर्ने क्षमता अत्यधिक मात्रामा हुन्छ । त्यसैले उच्च रक्तचाप रोगीका लागि अमलाको सेवन लाभदायक हुन्छ । यसले रगत बढाउने र सफा गर्नमा सहयोगी र शरीरलाई आवश्यक पर्ने फाइबर प्राप्त हुन्छ ।

    ५.केरा : केरामा पनि सोडियम कम गर्ने गुण हुन्छ । केरामा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्नका लागि सहयोगि हुन्छ । त्यसैले उच्च रक्तचाप रोगीले केराको नियमित सेवन गर्नु पर्छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले केराको नियमित सेवनले उच्च रक्तचाप र हृदयघात हुने खतरा कम हुने बताएको छ ।

    ६. मेवा : मौसमी फलमध्ये एक हो मेवा । प्रत्येक दिन नियमित रुपले खाली पेटमा २५० ग्राम मेवा दुई देखि तीन महिना सम्म निरन्तर खानाले उच्च रक्तचाप सामान्य अवस्थामा आउँछ ।

    ७. सलगम (चुकन्दर) : सलगममा नाइट्रेट अत्यधिक मात्रामा पाइन्छ । नाइट्रेट सेवनले शरीरमा नाइट्रिक अक्साइड परिवर्तन भएर जान्छ । नाइट्रिक अक्साइडले संकुचित भएको रक्त नलीहरुलाई खोल्नमा उपयोगी हुन्छ । त्यसैले सलगमको सेवन गर्नाले उच्च रक्तचाप र मुटु सम्बन्धी रोगहरुमा लाभदायक हुन्छ ।

    ८. अंगुर: हाम्रो शरीरमा एन्टी अक्सीडेन्ट र प्रो अक्सीडेन्ट दु्वै पाइन्छ । यदि प्रो अक्सीडेन्ट बढी भयो भने हृदयरोग र क्यान्सर अथवा अन्य खतरनाक रोगहरु लाग्न सक्ने सम्भावना बढेर जान्छ । कालो र हरियो अंगुरमा एन्टी अक्सीडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले अंगुरको सेवनले हृदयघात र क्यानसर जस्ता अन्य खतरनाक रोग लाग्ने सम्भावना कम हुन्छ । – एजेन्सीको सहयागमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij