मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हेयर स्ट्रेट गर्दै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस

  • प्रकाशित मिति : सोमवार, माघ २१, २०७५



  • १. कालो रंग या हेना प्रयोग गरेको एक हप्तासम्म कपाल स्ट्रट गर्न ठीक होइन । यस्तो कपालमा स्ट्रेट नबस्ने मात्रै होइन कपाल नै ड्यामेज हुन सक्छ । हेना लगाएको कपालमा तीन महिना पछि मात्रै स्ट्रेट गर्न राम्रो हुन्छ । स्ट्रेट गरेपछि भने कपालमा रंग लगाउन सकिन्छ ।

    २. हावाजस्तो उड्ने कपाल ( वेट नभएको) धेरै नरम कपाल छ भने स्ट्रेट गर्न रहर नगर्दा नै हुन्छ । यस्तो कपालमा स्ट्रेट बस्दैन वा टिक्दैन । धरै चया परेको , झर्ने समस्या भएको , टाउकोमा घाउखटिरा भए पनि स्टे«ट गर्नु हुँदैन ।

    ३ .शरीरमा ह्वाइट व्लड कम हुँदा , महिनावारी भएको बेला र गर्भवती हुँदा पनि कपाल स्ट्रेट गर्नु हुँदैन ।

    ४. स्ट्रेट गर्दा पनि कपाल अनुसार फरक तरिका आवस्यक पर्छ ।। हेयर प्रोफेसनलको परामर्समा मात्रै स्ट्रेट गर्र्नुहोला । अफ्नो कपालको प्रकृति अनुसार स्याहा गर्नुपर्ने विषयमा पनि प्रोफेसनलबाट जानकारी लिनुपर्छ ।्

    ५ .ड्राई कपाल छ भने स्ट्रेट गरेपछि महिनाको दुई पटक ट्रिटमेन्ट गर्नुपर्छ । नर्मल कपालमा भने महिनामा एक पटक ट्रिटमेन्ट गर्दा पनि हुन्छ ।

    ६. स्ट्रेट गरेको कपाल पखाल्दा कन्डिसनर अनिवार्य प्रयोग गर्नु पर्छ । हेयर सिरोम या हेयर नरिसिङ क्रिम पनि प्रयोग गर्दा उत्तम हुन्छ ।

    ७ .स्ट्रेट गरेको कपाल बटार्ने तथा पोको पार्ने गर्नुहुँदैन । चिसो अवस्थामा पोको पानु त झनै घातक हुन्छ । कपाल नै भाचिन्छ ।

    ८.स्ट्रेट गरेको कपालमा धेरै आयल मसाज गर्नु राम्रो हुँदैन । आयल मसाजले कपाल छिट्टै लामो गर्न भुमिका खेल्छ र केही महिनामै स्ट्रेट बिग्रन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij