मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शिव मन्दिरमा चमत्कार: शिवलिङ्गको आकार बढ्ने देखि रंग बदल्ने मन्दिर

  • प्रकाशित मिति : सोमवार, माघ २१, २०७५



  • नेपालको पशुपतिनाथ शिव मन्दिरहरुमा विश्वकै सबैभन्दा चर्चित मानिन्छ। भारतमा पनि कैयौ प्रचलित अनौठा शिव मन्दिर छन् । केहि त्यस्ता मन्दिर छन्, जसको नाम र संरचनाको पछाडि विभिन्न रहस्य लुकेको मानिन्छ । यी मन्दिरमा कहिलेकाहि चामत्कारिक घटना घट्ने बताइने गर्छ ।

    उडिसा क्षेत्रमा पर्ने मुर्गा महादेव मन्दिर –यस मन्दिरको छेउमा १५ फिट माथिदेखि बाह्रैमहिना झरना बग्दछ । शान्त वातावरणको विचमा बग्ने यस झरनामा विभिन्न जलचरा हेर्न आउने तिर्थालु तथा अन्य व्यक्तिको भिड लाग्ने गर्दछ । मुर्गा महादेवको अर्थ क्रान्तिमय शिव भन्ने हुन्छ । यो एक प्राचीन स्थल हो । यस क्षेत्रमा पहिले आदिवासिको पुजा हुने गर्दथ्यो । त्यसपछि हिन्दुधर्मावलम्वीको तिर्थस्थल बनेको जनविश्वास छ ।

    विजुली महादेव यस मन्दिरमा हरेक बाह्र वर्षको एकपटक शिव लिंगमा विजुली चम्कन्छ । त्यसैले यसलाई विजुली मन्दिर पनि भनिन्छ । कुल्लु शहरस्थित व्यास तथा पार्वती नदिको संगममा विजुली मन्दिर रहेको छ । समुद्रीसतहदेखि २४५० उचाइमा रहेको यस मन्दिरमा शिवभगवानको मुर्तीमा सर्फको माला लगाइएको छ । बाह्र वर्षको एकचोटि भीषण वर्षा र चट्याङ पर्ने यो मन्दिर चट्याङपछि टुक्रा टुक्रामा विभाजित हुन्छ । सो मूर्ति फेरी जोडिने विश्वास गरिन्छ।

    मलेश्वर महादेव मन्दिर यहाँ २०० ग्राम तौलको ५००० वर्ष पुरानो गहुँको दाना जस्तो शालीग्राम छ । यो हिमाञ्चल प्रदेश क्षेत्रमा अवस्थित छ ।यसमन्दिरभित्रमा रहेको चामत्कारिक भुतेश्वरनाथ शिवलिंगको लम्वाई हरेक वर्ष बढ्दै जान्छ । १८ फिट अग्लो र २० फिट चौडाई भएको यो मन्दिरको शिवलिङ्ग वर्षेनी बढ्दै गइरहेको बताइन्छ ।

    कमलानाथ महादेव मन्दिरमा भने भगवान शिवको पूजा गर्नु पूर्व रावणको पुजा गरिन्छ । यस प्राचीन मूर्तीको स्थापना रावणले गरेका थिए । त्यसैले शिव भगवानको पूजा गर्नुपूर्व रावणको पूजा गरिन्छ । रावण शिवको ठूला भक्त थिए।

    सोहि स्थानमा रहेको स्तम्भश्वर मन्दिर भने हेर्दाहेर्दै विलीन हुन्छ । गुजरातस्थित समुद्रको विचमा रहेको यो मन्दिर हेर्दाहेर्दै विलीन हुन्छ भने केहि समयपछि फेरि सोहि ठाउँमा देखा पर्ने बताइन्छ । यस मन्दिरको यात्रा समुद्रको छाल कम भएपछि मात्र गर्न सकिन्छ ।

    यस्तै राजस्थानमा रहेको अचलेश्वर महादेव मन्दिर दिनमा तिनपटक विभिन्न रंगमा बदलिन्छ । शिवको मूर्ती विहान रातो रङको हुन्छ, दिउसो पहेंलो र साँझ कालो रङमा बदलिन्छ । यो मूर्ती सतहमुनीबाट बाहिर निस्किएको छ ।

    लक्ष्मणेश्वर महादेवमा लाखौै छिद्र भएको शिवलिंग रहेको छ । यसको स्थापना लक्ष्मणले गरेका थिए । यसलाई लक्षलिंग भनेर पनि चिनिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij