मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बस्दाखेरी खुट्टा हल्लाउने बानी छ ? यो त रोग हो !

  • प्रकाशित मिति : सोमवार, माघ २१, २०७५



  • काठमाडौं । तपाईं बस्दा वा पल्टिँदा खुट्टा हल्लाइरहनुहुन्छ भने यो रेस्टलेस सिन्ड्रोम हो । शरीरमा आइरनको कमी भएमा यस्तो लक्षण देखिन्छ।

    यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ ।

    अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार, लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ ।

    यो खासमा स्नायुप्रणालीसँग जोडिएको रोग हो । गोडा हल्लाउँदा व्यक्तिमा डोपामाइन हर्मोन रिलिज हुन्छ र उसलाई बारम्बार हल्लाउन मन लाग्छ।

    यो अनिद्राजन्य रोग पनि हो । निद्रा पूरा नहुँदा व्यक्तिले थाकेको अनुभव गर्छ।

    लक्षणहरूका आधारमा रगतको परीक्षण गरिन्छ । पोलिसोम्नोग्राफी गराएर पनि यसको पुष्टि गरिन्छ । यो परीक्षणले निद्रा नआउने कारण पत्ता लगाइदिन्छ।

    गोडा धेरै हल्लाउनु रोगको लक्षण हो तर मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पु–याउने हो भने यस रोगबाट बच्न सकिन्छ।

    यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर भएको रहेछ भने अन्य औषधि पनि दिइन्छ । त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ। औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ । हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड जस्ता व्यायामले पनि राहत दिलाउँछन्।

    अत्यधिक चिन्ता लिने व्यक्तिको पनि गोडो अनायासै धेरै हल्लिन्छ। एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij