प्रकाशित मिति : सोमवार, माघ २१, २०७५
जो सुकै मानिसलाई पनि बाडुली लाग्छ । बाडुली लाग्नुलाई प्राय सामान्य मानिन्छ । अझ पूर्वी दर्शनमा त बाडुली लाग्नुलाई कसैले सम्झेको भन्ने अर्थ लगाइन्छ। तर कसैले सम्झेर बाडुली लाग्ने होइन । बाडुली लाग्नुको कारण अर्कै रहेको छ । धेरै बेरसम्म बाडुली लाग्यो भने त्यो खतरा पनि हुनसक्छ । धेरै बेरसम्म बाडुली लाग्यो भने चिकित्सक कहाँ जानु पर्ने हुन्छ।
सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij