प्रकाशित मिति : सोमवार, माघ २१, २०७५
मधु पौडेल , बाके । शान्तिनगर स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा फुड फेस्टिबल सम्पन्न भएको छ । बिद्यार्थीहरु लाई किताबी ज्ञान् मात्र नभैइ सम्पुर्ण ब्यबहारिक का साथै आहार ब्यहार सम्बन्धि ज्ञानको आवस्यकता हुने भएकोले यो परिकार मेलाको आयोजना गरिएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफलेले बताए । सोही फुड फेस्टिबलमा कक्षा–५ देखि १० सम्म अध्ययनरत विधार्थीहरुले भाग लिएका थिए ।
बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत वार्षिक क्यालेण्डर अनुसार आयोजित सोही फेस्टिबलमा विद्यार्थीहरुले मम, पकौडा, पुरी अचार, सेल, चुकौनी , समोसा , आलु चार्ट जस्ता परिकारहरु तयार गरेर बिक्री वितरण गरेका थिए । विद्यार्थीले तयार गरेका परिकारहरुको स्वाद लिदै अभिभावकले प्रसंशा गरेका थिए अभिभावकको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा विविध सास्कृतिक प्रस्तुती पनि देखाईएको थियो ।
यो एउटा बालबालिकाको लागि एक उत्सब र महोत्सव पनि हो र उनिहरुको खाना बनाउने जिज्ञासा् दुर हुने भनी बिधालयका अध्यक्ष निरज शाहले बताए र कक्षा १० का विद्यार्थी बामदेब ढकालले यो बिधालयको पहिलो अनुभव हो हामिले बजारमा थुप्रै चिज हरु किनेर खाएका थियौ आफैले बनाउन पाउँदा निकै खुसी लागेको छ र यसबाट हामिले ब्यापार भनेको केहो ब्यापार कसरी गर्छ्न भन्ने सिकेको कुरा बताए । उक्त फुड फेस्टिबलको संयोजन विद्यार्थीहरुले आफै गरेका थिए भनी बिधालयका शिक्षक जगत चौधरीले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij