मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बच्चाका लागि के हो सन्तुलित आहार ?

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • बच्चालाई कुनैपनि खानेकुरा जबरजस्ती ख्वाउने होइन, फकाइफुलाई ख्वाउनुपर्छ ।

    – बच्चाको शारीरिक विकासका लागि भिटामिन र मिनरल्सले भरपुर खानेकुरा चाहिन्छ ।
    – बच्चालाई पौष्टिक खानेकुरा खान अभ्यस्त गराऔं । जंकफूड खान सकेसम्म दिनु हुँदैन ।

    – बच्चालाई दिनभरमा धेरै पटक खानेकुरा दिनुपर्छ, थोरै थोरै ।
    – खाना र पानीको सन्तुलन मिलाउनुपर्छ ।

    धेरै अभिभावकको गुनासो हुन्छ, बच्चाले सागपात खाएनन् । बच्चाले घरको खाना खाएनन् । जंकफूड बढी खान्छ । चकलेट, बिस्कुटमा बढी लोभिन्छ ।

    यसमा बच्चाको दोष छैन । बरु, अभिभावकको कमजोरी देखिन्छ । बच्चाका लागि हरेक खानेकुरा नयाँ हुन्छ । उनीहरु कुनैपनि स्वादमा अभ्यस्त हुँदैनन् । यस्तो अवस्थामा उनीहरुलाई कुनैपनि खानेकुराको चाडै बानी लगाउन सकिदैन । त्यसबा लागि धैर्यता आवश्यक हुन्छ ।

    बच्चालाई सागपात, सलाद खान सिकाउनुपर्छ । यद्यपी जबरजस्ती होइन । बिस्तारै बानी पार्नुपर्छ । घरको पोषिलो र स्वस्थ्य खानामै उनीहरुलाई अभ्यस्त गराउनुपर्छ ।

    तर, खाजा बनाउनुको अल्छीले वा बच्चालाई खुसी बनाउनका लागि हामी बजारमा पाइने खानेकुरा दिन्छौ । चाउचाउ, कुरकुरे, लेज, चिजबल दिन्छौ । चकलेट, बिस्कुट दिन्छौ । बिस्तारै उनीहरु यस्ता खानेकुरामा लोभिन्छन् र घरको खानेकुरामा उनीहरुको स्वाद भिज्दैन ।

    किन बच्चाले जंकफूड खोज्छ ?
    खासमा बच्चाले खानेकुरा भरपेट खाएको छ भने उनीहरुलाई अन्य खानेकुराको तलतल लाग्दैन । अघाएपछि बच्चाहरु खेल्न थाल्छन् । उनीहरु रमाइलो गर्न थाल्छन् ।

    तर, जब बच्चा भोकाउँछ, उनीहरुको मनमा विभिन्न खानेकुराको याद आउन थाल्छ । यस्तो अवस्थामा उनीहरुले मिठो खानेकुराको कल्पना गर्छन् । जस्तो कि, चिजबल, लेज, चाउचाउ आदि ।

    भोक महसुष भएसँगै खानेकुराको तलतल लाग्छ । त्यसैले उनीहरु यस्ता खानेकुरा खान इच्छा गर्छन् । यदि उनीहरुलाई भोक नलाग्ने हो भने, जंकफूडमा ध्यान नै जाँदैन ।

    अब के गर्ने त ?
    बच्चालाई अस्वस्थ्यकर खानेकुरा एवं जंकफूडको लतबाट छुटकारा दिलाउन वा त्यस्तो खानामा बानी नपार्नका लागि एउटा काइदा अपनाउन सकिन्छ ।

    यसका लागि सबैभन्दा राम्रो उपाय हो, बच्चाको खानपान तालिका बनाउने । दिनभरका लागि पाँच वा छ पटक बच्चालाई खाना ख्वाउने तालिका निर्धारण गर्नुपर्छ । ठिक ठिक समयमा खानेकुरा दिनुपर्छ । कुन समयमा के ख्वाउने भन्ने तय गर्नुपर्छ । त्यही अनुसार उनीहरुलाई खानपान मिलाइदिनुपर्छ ।

    यसले गर्दा बच्चाहरुले भोक अनुभव गर्न पाउँदैनन् । उनीहरुलाई भोक महसुष नभएपछि मन अन्तैतिर केन्दि्रत हुन्छ । अर्थात खानेकुराको तलतल लाग्दैन ।

    कसरी मिलाउने बच्चाका लागि खानपान ?

    क्यालोरी
    पाँच बर्षभन्दा माथिको बच्चाका लागि पूर्ण क्यालोरी आवश्यक हुन्छ, जसले गर्दा बच्चा अधिक सक्रिय रहन्छ । हाइ क्यालोरीको अर्थ तेलयुक्त भोजन होइन, बरु दुध र अनाजयुक्त खानेकुरा चाहिन्छ ।

    प्रोटिन
    बढ्दो बच्चाका लागि प्रोटिन एकदमै आवश्यक हुन्छ । बच्चाको मांसपेशीको समुचित विकासका लागि र हड्डी बलियो बनाउनका लागि प्रोटिन आवश्यक हुन्छ। यसका लागि बच्चालाई पनिरयुक्त खानेकुरा, अन्डा, मासु, माछा आदि दिनुपर्छ ।

    भिटामिन एन्ड मिनरल्स – बच्चाको सम्पूर्ण विकासका लागि भिटामिन र मिनरल भरपुर मात्रामा आवश्यक हुन्छ । बच्चालाई यस्तो पौष्टिक पदार्थ दिनुपर्छ, जसमा क्याल्शियम भरपुर मात्रामा होस् । भिटामिन र आइरनका लागि बच्चालाई धेरै भन्दा धेरै हरियो पत्तेदार सब्जी दिनुपर्छ ।

    पानी र फाइबर – बच्चाका स्वास्थ्यका लागि पानीको अधिक महत्व छ । बच्चालाई धेरै भन्दा धेरै पानी पिउन दिनुपर्छ । झोलयुक्त पदार्थ दिनुपर्छ । यसका साथै फाइबरयुक्त खानेकुरा दिनुपर्छ ।

    बच्चालाई सन्तुलित आहार दिने टिप्स

    – बच्चालाई सन्तुलित आहारमा अभ्यस्त गराउनका लागि आवश्यक छ कि, प्रतिदिन बच्चाको मनपर्ने पाँच अलग-अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ ।
    – बच्चालाई जबरजस्ती खानेकुरा दिने होइन, बरु प्रेमपूर्वक सम्झाएर ख्वाउने गरौं ।

    – बच्चाहरु हेर्दा आकर्षक खाना रुचाउँछन् । त्यसैले उनीहरुलाई सर्भ गर्ने खाना कलात्मक रुपमा सजाउनु राम्रो हो ।
    – बच्चालाई खेल्नका लागि छुट दिनुपर्छ । उफ्रिने, दौडने, खेल्ने क्रियाले उनीहरुलाई भोक लाग्छ ।

    – बच्चालाई खाना पकाउने काममा सामेल गरौं । उनीहरुले आफ्नै हातले पकाएको खानेकुरा खान रुचाउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij