मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सरकारी चिकित्सक संघले देशभरका चिकित्सकलाई काठमाडौँ बोलायो

  • प्रकाशित मिति : बुधबार, माघ २३, २०७५



  • सरकारी चिकित्सक संघले देशभरको सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँमा आउन पत्राचार गरेको छ । सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा हस्ताक्षर गरिएको पत्रमा गएको पुसमा स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकहरुसँग भएको सहमित विपरित सरकार गएको हुँदा आन्दोलनको लागि काठमाडौँ बोलाइएको अपिल पत्रमा उल्लेख गरिएको छ ।

    ‘देश संघीयतामा गइसकेको र चिकित्सकको समायोजन गर्दा प्रत्यक्ष रुपमा चिकित्सक वर्गको बृत्ती विकास, सरुवा, बढुवामा समस्या लगायतको विषयमा मन्त्रालय र संघबीच भएको सहमति अनुसारनै हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

    समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा भने सरकार मौन र सुस्त देखिएको हुदाँ आवाज उठाउनु पर्ने बेला आएको भन्दै चिकित्सहरुलाई काठमाडौँमा आउन आग्रह गरिएको जनाएको छ ।

    सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभएको खण्डमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने संघले चेतावनी दिएको छ ।

    कर्मचारी समायोजन अनुसारनै जाने हो भने प्रदेश तथा स्थानीय तहमा समायोजन भएमा चिकित्सकको अध्ययन, तालिम, वृत्ती विकास आदिमा दीर्घकालिन प्रतिकुल असर पर्ने, हालको दरवन्दी तेरिज, संगठन संरचना र मार्यदाक्रम अनुरुप चिकित्सकहरु आफू भन्दा कनिष्ठ स्वास्थ्यकर्मी तथा तहगत हिसावमा कनिष्ठ अन्य कर्मचारी मातहत सदैव बस्नुपर्ने, चिकित्सकहरुलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा वढुवामा गम्भीर समस्या हुने उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij