आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शनिवारको दिनमा भुलेर पनि नगर्नुहोस यी ७ चिजको किनमेल

  • प्रकाशित मिति : बुधबार, माघ २३, २०७५



  • शनिवार हप्ताको सबै भन्दा राम्रो दिन मानिन्छ र कतिपय मानिस शपिंगको लागि पनि जाने गर्छन । शनिवार हनुमानजीको बिशेष पुजा र शनिदेवको आराधना गर्नको लागि सबै भन्दा उत्तम दिन मानिन्छ । शनिवारमा किनमेल गर्नु राम्रो त मानिन्छ तर शनिदेवको दिन हुने भएकाले यस दिनमा केहि वस्तु किनमेल गर्नबाट बच्नु पर्छ ।

    आउनुहोस जानौ यस्ता ७ चिजको बारेमा जसलाई किनमेल गर्नु तपाईको लागी हानिकारक हुन सक्छ …

    १. शनिवारको दिनमा फलामबाट बनेको वस्तु दान गर्नुलाई बिशेष महत्व मान्ने गरिन्छ फलामको समान दान गर्दा शनिदेव प्रसन्न हुनुहुन्छ र व्यापारमा मुनाफा मिल्छ । शनिवार फलाम लाई दान गर्नुस तर घर-परिवारको लागी फलामको सामान खरिद गर्न बाट बच्नुहोस ।

    २. शनिवारको दिन तेल दान गर्नु पर्छ तर तेल खरिद गर्नबाट बच्नु पर्छ । शनिवारको दिनमा तेल खरिद गर्नाले मानिस रोगबाट ग्रसित हुन्छ ।

    ३. यदि नुनको खरिद गर्नु छ भने शनिवारको सट्टा अरु कुनै दिन खरिद गर्नुहोस् । शनिवारको दिनमा नुन खरिद गर्नाले ऋण लाग्न तथा बढ्न सक्छ ।

    ४. शनिवारको दिन खरिद गरिएको कैचीले सम्बन्धमा टकराव ल्याउछ । यसैले यदि तपाईलाई कैची खरिद गर्नु छ भने शनिवारको अलावा अरु कुनै दिनमा खरिद गर्न सक्नु हुन्छ ।

    ५. कालो तिल चढाउनाले शनिदेव प्रसन्न हुनुहुन्छ र बिपत्तिबाट मुक्त पारिदिनु हुन्छ तर यस दिन कालो तिल खरिद भने गर्नु हुदैन ।

    ६. यदि तपाईलाई कालो रंगको जुत्ता खरिद गर्नु छ भने शनिवार खरिद नगर्नुहोस । मान्यता छ कि शनिवार खरिद गरिएको कालो जुत्ता लगाउने मानिसलाई कार्यमा असफलता प्राप्ति हुन्छ ।

    ७. पढाई-लेखाई संग जोडिएको वस्तु जस्तै कागज, पेन र मसी आदि खरिद गर्ने सबै भन्दा श्रेष्ठ दिन बिहिवार हो त्यसैले शनिवारको दिनमा खरिद नगर्नुहोस यसले मानिसलाई मुर्ख बनाउछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij