मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रामेछापबाट जन्ती बोकेर काभ्रे आउँदै गरेको टिप्पर दुर्घटना, २ को मृत्यु ३९ घाईते

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • सिन्धुली । रामेछापको कडोरेबाट जन्ती लिएर काभ्रे आउँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। दुर्घटनामा परी अन्य ३९ जना घाइृते भएका छन्।

    हिजो बुधबार बेलुका रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको उक्त टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको सिन्धुलीका एसपी चन्द्र बहादुर सिँहले डिसी नेपाललाई बताए।

    ज्यान गुमाउनेहरुमा तिमाल–९, की २२ वर्षीया कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका अन्य १० जना घाईतेहरुलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा ल्याईएको छ भने अरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको एसपी सिँहले बताए।

    प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij