आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैतडीमा फेरि हिमपात

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • x'Dnfdf lxpFn] 9kSs} 9fs]sf] l;dsf]6 ahf/ . x'Dnfdf ut zlgjf/ b]lv k/]sf] lxdkftn] oxfFsf] hghLjg k|efljt agfPsf] 5 . t:jL/ M bfg] af]x/f, x'Dnf /f;;

    बैतडी, माघ २४ । बैतडीमा फेरि हिमपात भएको छ । पटक–पटकको हिमपातको कारण यहाँको उच्च भेगको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

    यो महिनामात्र यस क्षेत्रमा चार पटक हिमपात भएको छ । माघको दोस्रो साता परेको हिउँ पग्लन नपाउँदै गएराति फेरि हिमपात भएको हो ।

    लामो समयदेखि हिउँ जमेकाले गाउँपालिका केन्द्र पुग्नसमेत अप्ठ्यारो भएको स्थानीय बताउँछन् । सिगास गाउँपालिकाको वडा नं १ र २ नं वडाका नागरिकलाई गाउँपालिकासम्म पुग्न हिमपातले असहज भएको छ ।

    उक्त क्षेत्रमा अझै पनि दुई फिटसम्म हिउँ जमेको बताइएको छ । सिगास गाउँपालिका केन्द्र पुग्न सडक सुविधा नरहेका कारण ४ घण्टा पैदल हिडेर जानुपर्ने बाध्यता छ ।

    हिँडेर जानुपर्ने र बाटोमा हिउँ जमेकाले गाउँपालिका केन्द्र पुग्न समस्या हुने गरेको हो । हिउँ नपग्लेकोले खानेपानीको समेत समस्या भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij