मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्ता लक्षण देखिएका छन् भने सोच्नुहोस् तपाईको सम्बन्ध टुट्नेवाला छ

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ? हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट अब अघाइसेका छन् र अब उनी कुनै पनि हालतमा तपाईसँग रहन चाहदैनन्।

    यदि कोही तपाईसँग अलग हुने बिचार गर्दैछ भने उसको यो निचोडको असर उसको व्यवहारमा पनि देख्न सकिन्छ। यदि तपाईको पार्टनरको व्यवहार केही बदलिएको जस्तो लाग्दै छ अथवा तपाईलाई सबै कुरा सामान्यजस्तो लाग्दैन भने सम्झनुहोस् कि सबैथोक ठीक छैन।

    के उनको नजर तपाईमाथि पर्दैन ?

    तपाईको जीवनमा पक्कै पनि त्यो समय थियो होला, जब पार्टनरको नजर निरन्तर तपाईमाथि पथ्र्यो । तर के अहिले त्यस्तो अवस्था बदलिसकिएको छ ? क्या अहिले उनी तपाईलाई प्रेमपूर्वक हेर्दैनन्÷हेर्दैनिन् ? यदि अवस्था यस्तो हो भने तपाई सोच्नुहोस् कि अब तपाईको पार्टनरको मन बदलिसकिएको छ। तपाईको रिलेशन खतरामा छ।

    कुरा गर्नबाट बच्न खोज्नु
    के तपाईका पार्टनर अब तपाईसँग कुरा गर्नबाट बच्न चाहन्छन् ? यसको सीधा मतलव यो हो कि अब उनमा तपाईप्रति कुनै आकर्षण छैन।

    हो–हैनमा मात्र जवाफ दिनु
    के तपाईले सोधेको प्रश्न तथा तपाईका जिज्ञासामा तपाईको पार्टनरले हो र हैनमा मात्रै जवाफ दिन्छन् ? यदि त्यस्तो हो भने सम्झनुहोस् उनको मनमा तपाईको विषयमा गलत बिचार विकास भइसकेको छ।

    रेस्पोन्स नगर्नु
    के तपाईले फोन गर्दा पनि तपाईको पार्टनरले त्यसको रेस्पोन्स गर्दैनन् ? या उनले तपाईलाई रेस्पोन्स गर्नु जरुरी सोच्दैनन ? यदि यस्तो हो भने सजग हुनुहोस्, यो राम्रो संकेत हैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij