प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५
काठमाण्डौ । मिठा सुप हामी सबैले खाना पचाउनका लागि खाना पछि खाने गर्छौ । सुप अचार, तरकारीमा राख्दा खाना स्वादिष्ट हुन्छ । यस बाहेक अन्य धेरै फाइदाहरु छन् ।
जान्नुहोस्, सुपका महत्वपूर्ण फाईदा :
१. ज्वानो र सुप मिसाएर खाने गरेमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ र मुटु सम्बन्धी समस्याबाट बचाउँछ ।
२. सुपको दानालाई चियामा पकाएर पिएमा क्यान्सरबाट बचाउँछ ।
३. सुप खानाले शरीरमा मेटाबोलिज्म बढ्छ । जसले मोटोपन घटाउँन मद्दत गर्छ ।
४. सुपलाई चिया बनाएर पिउनुहोस्, जसले कब्जियतको समस्या पनि भाग्छ । पाचन प्रक्रियामा सुधार गर्न सहयोग गर्छ ।
५. यसमा पाइने ‘एन्टी ब्याक्टेरियल’ गुणले दम रोग लाग्नबाट बचाउँछ ।
६. सुपमा पाइने पोटाशियमले रत्तचापलाई नियन्त्रण राख्न मद्दत गर्छ ।
७. सुपमा ‘डाइयुरेटिक’ गुण हुन्छ, जसले पिसाबसम्बन्धी समस्याबाट बचाउँन मद्दत गर्छ ।
८. सुपले शरीरको ‘टोक्सिन्स’ (बिष) भगाउँछ र अनुहारमा चमक बढाउँछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij