आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरस्वतीको मूर्तिको कारोवारमा वृद्धि…मूर्ति बनाउन भ्याइनभ्याइ

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • इनरुवा, २५ माघ । सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो ।

    यहाँका विद्यार्थी र शिक्षकले पूजा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा शहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजाराँै मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले रु दुई हजारदेखि रु २२ हजारसम्मको कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको अर्का मूर्तिकार राजकुमार यादवले बताउनुभयो । सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र खरीदबिक्री हुने गरेको छ ।

    मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय विद्यार्थीको भनाइ छ । मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गर्दछन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij