आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नरिवलको तेलका यस्ता छन चमत्कारिक फाइदा… थाहा छ तपाइँलाई ?

  • प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५



  • नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ ।

    घरमै डिप क्लिजिङ गर्न चाहनुहुन्छ भने पनि तरिवलको तेलको सहारा लिन सक्नुहुन्छ । यसका लागि बेकिङ सोडा र नरिवलको तेलको मिश्रण बनाउनुपर्छ । बेकिङ सोडामा एन्टिब्याट्रेरियल र एन्टिइन्फल्माटोरीको गुण हुन्छ, जसलाई डिप क्लिन्जरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

    नरिवलको तेल अनुहारको रिङकल्स हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि नरिवलको तेलमा बेसार र दूध मिसाउनुपर्छ । दूधमा ल्याक्टिक एसिड हुन्छ, जसले स्किनलाई चम्किलो बनाउन सहयोग गर्छ । यस्तो मिश्रणको प्रयोगले रिङकल्स हटाउन ठूलो भूमिका निर्वाह गर्छ ।

    चम्किलो छालाका लागि पनि नरिवलको तेलको सहारा लिन सक्नुहुन्छ, जसका लागि नरिवलको तेलमा भिटामिन ईको क्याप्सुल मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । थुप्रै ब्युटी प्रडक्टमा भिटामिन ईको प्रयोग गरिएको हुन्छ । यस्तो मिश्रणलाई अनुहारमा लगाएर १० मिनेटसम्म छोडिदिनुहोस् । यसले तपाईंको स्किनलाई हाइड्रेट राख्छ । यसलाई रातको समय मास्कको रूपमा प्रयोग गरी अर्को दिन सफा गर्न सक्नुहुन्छ ।

    धेरैजसोको अनुहारमा दाग देखिने समस्या हुन्छ । यस्तो समस्याका लागि नरिवलको तेलको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई सुत्नुअघि हरेक दिन प्रयोग गर्न सक्नुहुन्छ ।

    नरिवल Arecaceae (palm) परिवार अन्तर्गत पर्ने एक प्रकारको फल हो। यसको रुख ३० मि.सम्म अग्लो हुन्छ र ४ देखि ६ मि. सम्म लामा र ६० देखि ९० से.मि. चौडाई भएका पात हुन्छन; यसको पुराना पातहरू झर्दै जान्छन् र काण्ड खाली र चिप्लो हुन्छ। तिनै पातहरूको बिचमा यसको बिउ वा फल झुप्पा भएर फलेको हुन्छ।

    संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा (coconut) भनिन्छ। खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम Cocos nucifera हो।

    नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ। खास गरी भारत, श्रीलङ्का, इण्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशमा पाइने नरिवल हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ। नरिवल सात देखि आठ वर्षपछि फल दिन थाल्छ। नरिवललाई विशेष राम्रो मलजल दिन सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ। नरिवलको रूखको उचाइ ५० देखि १०० फिटसम्मको अग्लो हुने गर्दछ। एउटै बोटले वर्षमा ६० देखि एक सय वटासम्म फल दिन्छ।

    नरिवल कतिपय देशको अर्थ व्यवस्थाको मेरुदण्डसमेत बनेर रहेको छ। कतिपय श्रीलङ्का, फिलिपिन्स, इन्डोनेसियालीहरूको जीविकाको श्रोत नै नरिवल खेती मानिन्छ। भनिन्छ, भारतीय नरिवलभन्दा फिलिपिन्स, इण्डोनेसिया, श्रीलङ्काको नरिवलमा दोब्बर गुदी हुन्छ साथै स्वादमा पनि निकै उच्च मानिन्छ।

    यसलाई धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महìवपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन्- नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ। एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ।

    आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ। सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई ‘मिनरल वाटर’ पनि भन्ने गरिन्छ। थुप्रै गुणले सम्पन्न हुनुका साथै स्वास्थ्यबर्द्धक पनि भएकोले नरिवललाई स्वास्थ्य विज्ञानले एक उत्तम भिटामिनको रूपमा स्वीकारेको हो।

    बहुउपयोगीको रूपमा नरिवलको रूखलाई लिने गरिन्छ। रूखको काठले अनेकौँ घरेलु उपयोगी सामान बनाउने र इन्धनको रूपमा समेत प्रयोग गर्ने गरिन्छ। रूखका पातले पङ्खा, थैला र गुन्द्री बुन्ने गरिन्छ। यसको रेसा अर्थात् जटाले कार्पेट, डोरी र ब्रस आदि बनाइन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij