प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५
भन्छन् मान्छेले आधा जीवन त सुतेरै बिताउँछ। निद्रा जीवनलाई गतिशील बनाउनका लागि जरुरी पनि छ। गहिरो निन्द्रा र आरामदायी सुताइ नै अर्काे दिनका लागि ऊर्जा हुन्। यही सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ। एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन्। त्यस्तै ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गर्छन्।
सुत्दा गर्ने सामान्य केही गल्ती यसप्रकार छन्ः
राति कफी पिउनेः कफिन आफैमा उत्तेजक पदार्थ हो। अलि कडा कफी खाएर सुत्दा कफीले सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ। त्यस्तै पकाएको चिनीले सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ। तसर्थ रातको समयमा सकभर कफी नपिउनुहोस्। बेडमा जानु अघि त कदापी नपिउनुहोस्। बरु ट्राइफटोफान भएको खानेकुरलाई रातीको स्नायाक्सको रुपमा लिनुहोस्। दही, दुध, केरा, अण्डामा अत्याधिक मात्रामा ट्राइपटोफान हुन्छ। सेरोटोनिन उत्पादन गर्न शरिरलाई एमिनो एसिडको आवश्यकता पर्छ जसले निन्द्राको चक्रलाई नियन्त्रण गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij