प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५
काठमाण्डौँ, – कागतीलाई विभिन्न समस्याको समाधानका रुपमा वा भनौँ एक प्रकारको घरेलु औषधिकै रुपमा लिने गरिन्छ । आज हामी कागती पानी पिउनुको विभिन्न फाइदाको बारेमा बताउँने छौँ ।
आयुर्वेदमा कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ । कागती पानी जुन सुकै समयमा पनि पिउन सकिन्छ । यद्यपी हामी बिहान उठेर कागती पानी पिउनुका फाइदाको बारेमा चर्चा गर्नेछौँ ।
बिहान उठेर कागती पानी पिउनुको फाईदाहरु :
– बिहान उठेर कागती पानी पिउनुले शरीरको सफाई गर्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।
– कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।
– कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
– शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।
– कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।
– कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।
– बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।
– यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij