मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पर्वतको नमुना सामुदायिक विद्यालयमा बस सेवा

  • प्रकाशित मिति : शनिबार, माघ २६, २०७५



  • पर्वत । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ। स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो।

    प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरिएको हो।

    बस सेवा शुरु गर्ने नवजागृत मावि पर्वतको पहिलो सामुदायिक विद्यालय हो। बस सेवा सञ्चालनका लागि गाउँपालिकाले रु २२ लाख २५ हजार सहयोग गरेको छ भने नपुग रु एक लाख ६३ हजार पनि उपलब्ध हुने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुवेदीले बताए।

    बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका विद्यार्थीलाई सुविधा पुगेको छ। नवजागृत माविमा पर्वतको मोदीगाउँपालिका, कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत विद्यार्थी आउने गर्दछन्।

    बस सेवा पुगेपछि एक घण्टा पदैल हिँड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन्। यो विद्यालयमा अहिले ७०० भन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन्। विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij