प्रकाशित मिति : आइतवार, माघ २७, २०७५
धादिङ । लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ।
धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की बर्ष ४० को अम्बिका लामिछाने, बर्ष १५ का मनोज घिमिरे, बर्ष २२ का सतिष खाती, सिद्धलेक गाँउपालिका २ का बर्ष २२ का बिनोद सुनार, बर्ष ३५ शिब सिलवाल, बर्ष २१ का दिलिप श्रेष्ठ, सिद्धलेक गाँउपालिका १ की बर्ष ४५ बर्षिया सिता भट्टराई, बर्ष २३ कि बिनिता सुनार, बर्ष १५ का भगवति गिरि, बर्ष ३८ को भरत गिरि र सुबर्ण सिंह ठकुरीका साथै नीलकण्ठ नगरपालिका २ को बर्ष ३८ की राममाया सुनार, ज्वालामुखि गाँउपालिका २ को बर्ष २० की सम्झना सामर र नाम नखुलेको एक जना गरी चालकसहित १४ जना घाईते भएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij