मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोहलपुर महोत्सव सम्पन्न

  • प्रकाशित मिति : आइतवार, माघ २७, २०७५



  • मधु पौडेल, कोहलपुर, माघ २७

    बाँकेको कोहलपुरमाकोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा आयोजित “पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५” को आईतबार सम्पन्न भएको छ । माघ १४ गतेदेखि सुरु भएको महोत्सव आईतबार भव्य रुपमा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं १ संघिय सांसद महेश्वर गहतराज अथकले पर्यटन विकास र प्रवद्धनमा यस्ता महोत्सवहरुले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनले देशको विकास र आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायहरुले उल्लेखनिय योगदान पुर्याएको बताउँदै देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि राज्यले लगानी मैत्री वातावरण निर्माण गर्न सक्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै उद्योग वाणज्य महासंघ प्रदेश नं. ५ का सदस्य नरेन्द्र शर्माले कोहलपुरलाई साँस्कृतिक, पर्यकटिय क्षेत्रका रुपमा चिनाउनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले कोहलपुर क्षेत्रको विकासका लागि पयर्टन महोत्सव आयोजना हुनु पर्ने भन्दै कोहलपुरलाई नमूना शहरका रुपमा विकास गर्नका लागि मेला महोत्सव आयोजना गरिरहनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेकपा जिल्ला कार्यदल सदस्य अशोक कोइरालाले मेलाको आर्थिक हिसावकिताव पारदर्शि बनाउन आयोजकलाई सुझाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता फुलाराम थारुले कोहलपुरको पर्यटनको विकासमा महोत्सवले विशेष भूमिका खेल्ने बताएका छन् । त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मुल समारोह समितिका संयोजक चक्र बहादुर अधिकारीले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्ने सहयोग गर्ने आम दर्शक, स्थानिय सरकार, विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, प्रहरी प्रशासन लगायत प्रति धन्यवाद व्यक्त गरेका छन् ।

    कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायि संघ बाँके कोहलपुरको आयोजनामा आयोजित महोत्सवमा करिब ३ करोड बराबारको कारोबार भएकोकोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् । साथै उनले महोत्सवबाट बचत रकमबाट निर्माणधिन बहुआयामिक भवन र होटल व्यवसायिक संघको जग्गा खरिद गर्ने त था केहि रकम शिक्षा, स्वास्थ्य, खेलकुद र सामाज सेवामा लगाउने योजना रहेको जानकारी दिएका छन् ।साथै अनुगम, मूल्याङ्क, पुरस्कार वितरण तथा फुडफेस्टिभल व्यवस्थापन उपसमितिका संयोजक प्रदिप भट्टराईले पश्चिम नेपालकै पहिलो पटक महोत्सव भित्र फुटफेस्टिभललाई सफलता पूर्वक सम्पन्न गर्न सकिएको बताएका छन् । साथै महोत्सवको समापनमा महोत्सवको स्मारिका समेत विमोचन गरिएको थियो ।

    महोत्सवको समापन कार्यक्रमको सञ्चालन कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी र होटल व्यवसायि संघका महासचिव विश्वराज खनालले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य मुल समारोह समितिका सहसंयोजक बलराम भट्टराईको रहेको थियो ।त्यस्तै महोत्सवको समापनमा आधुनिक गायक प्रमोद खरेलले माया गर्ने मुटुले हो निधारले होइन, झुम भुम्का वाली, यो कुरा गोप्य नै राखैला, म बिना कसै कसैलाई मुस्किल छ पोखरा लगायतका गतिहरु गाउँदा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यस्तै लोक दोहोरी गायिका पूर्णकला बिसीले झम झम पानी परेको रात, गाई खाने के कशम खाने, लैजाऊ रुमाल लगायतका गीतहरु गाएकी थिईन् । साथै अञ्जली अधिकारीले नृत्य प्रस्तुत गरेकी थिईन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij