आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिद्धार्थ गौतमले यही रुखमुनी पाएका थिए ज्ञान र बनेका थिए बुद्ध

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • एजेन्सी । करिब २ हजार बर्ष पहिले भारतका तत्कालिन सम्राट अशोकले एक विशेष रुखको एक हांगा काट्ने आदेश दिएका थिए । भनिन्छ, त्यही रुखमुनि सिद्धार्थ गौतमले ज्ञान पाएका थिए र उनी बुद्ध बनेका थिए । सम्राट अशोकले यसको हागोलाई राजकीय सम्मान दिएका थिए र यसलाई एक सुनको भाडामा राखेका थिए ।

    यस कथाको आधार ऐतिहासिक महाकाव्य ‘महावंश’ हो, यो कहानी नेभारा प्रजातिको बोधी वृक्षबारेमा कथिएको छ। विश्वभरमा कुल ७५० प्रकारको नेभाराको रुख पाइन्छन् । तर, कुनै अर्को रुखको बारेमा इतिहासमा यसरी बयान गरिएको भेटिएको छैन, जसरी यो वृक्षको चर्चा गरिएको छ।

    नेभाराको अधिकांश प्रजातिको जरा जमिनमुनि नै हुन्छ । तर, जंगली नेभाराको जरा बाहिर हावामा झुलिरहेको हुन्छ र हांगाबाट निस्किएका जराहरु लामो र मोटो हुँदै पूरै रुखलाई ढाकिदिन्छ । कहिलेकाही जरा यसरी फैलन्छ कि मुल रुख नै समाप्त हुन्छ ।

    दुई वटा देशमा यसलाई देशको चिन्हको हिस्सा बनेको छ । इन्डोनेसियामा यस रुखलाई ‘अनेकतामा एकता’को प्रतिकको हो । त्यस्तै, प्रशान्त महासागरको पश्चिमी भागमा बारबडोस द्धिप छ । भनिन्छ, जब यूरोपबाट आएका जलयात्री(माझी) यस टापुमा पुगे, उनिहरुले यस रुखको जरा कुनै साधुको फैलिएको जट्टाधारी कपाल जस्तै देखे ।

    बौद्ध, हिन्दु र जैन धर्मावलम्बीहरु दुई हजार बर्ष भन्दाबढी समयदेखि जंगली नेभाराको रुखको पूजा गर्छन् । सम्राट अशोककी छोरीले एक हांगा श्रीलंका लगेकीथिइन, जुन रुख अहिलेसम्म पनि त्यहिँ छ ।

    अर्कोतिर, ३, ५०० बर्ष पहिले वैदिक स्तुतिमा पनि यस रुखको गुणगान पाइन्छ । करिब २ हजार बर्ष पहिलो पनि वैज्ञानिकहरुले नेभारा प्रजातिको जति पनि रुख छन्, ति सबैमा कुनै विशेष किसिमको किरा वा बारुला हुन्छन् भन्ने पत्ता लगाएका थिए । ति किरा, बारुलाहरु आफूलाई मन पर्ने जातको नेभारामा बस्ने गर्छन् ।

    यो रुखले बाह्रैमास फल दिन्छ, जसले गर्दा यसमा आश्रित जीवहरु बाँचिरहेका हुन्छन् । नेभाराको फल खाएर बाँच्ने लगभग १, २०० प्रजाति छन्, जसमा चराचुरुंगी देखि कमिला, मौरीसम्म पर्छन । त्यसैले, पर्यावरण विद्हरुको मान्यता छ, ‘यदि यी प्रजातिका रुख लोप भएमा सबै समाप्त हुन्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij