प्रकाशित मिति : सोमवार, माघ २८, २०७५
ईन्टरनेटखबर डेस्क। माघ २८, काठमाडौँ । आज मिति २०७५ माघ २८ गते सोमबार अघिल्लो दिनको तुलनामा नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार सुनको मूल्य ६२ हजार १ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६१ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रति तोला रु ७७५ का दरले कारोबार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij