प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५
शिबराज पन्थी
२८ माघ,
गढवागढवा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमवार जनप्रतिनिधी र स्वास्थ्यकर्मिहरुलाई हात्तिपाइले फाइलेरीया रोग निवारण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । क्यूलेश जातको पोंथी लामखुट्टेले टोकेमा यो रोग लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले हात्तिपाइले रोगका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
सन् २०२० सम्म हात्तिपाइले रोग विश्वबाटै निवारण गर्ने विश्व स्वास्थ्य संगठनको अभियान अन्तर्गत ६ बर्षसम्म लगातार औषधि खुआउदा पनि सबैले औषधी नखाएका कारण प्रदेश नं. ५ का दाङ, बाँके, बर्दिया र कपिलबस्तुमा पुन औषधि खुवाउने अभियान अन्तर्गत आगामी फागुन १५ गतेदेखी औषधि खुवाउने अभियान सुरु गरिने भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
जस अनुसार गढवा गाउँपालिका भित्र रहेका बिद्यालयहरुमा १५ वटा सचेतना मुलक कक्षा संचालन गर्ने, वडा स्तरमा जनप्रतिनिधीहरु र सामाजिक अगुवाहरुलाई सचेतना तालिम दिने, महिला स्वास्थ्य स्वयंसेविकहरु र स्वास्थ्यकर्मिहरुलाई पनि तालिम दिने योजना बनाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij