प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५
शिबराज पन्थी
२८ माघ,
देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको भवन एक समारोहका साथ लमहीको रातोडाँडामा शिलान्यास भएको छ । लमही नगर पालिकाका मेयर कुलबहादुर केसीले सो भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर केसीले सबै साहित्कार एवं साहित्यानुरागीहरुको सकृयता भएमा नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग रहने र आगामी बर्ष मञ्चको वार्षिकोत्सव कार्यक्रम नयाँ बन्ने सभाहलमा गर्न सकिने कुरामा विश्वास दिलाउनु भयो ।
लमही नगर विकास समितिले प्रदान गरेको १५ कठ्ठा जग्गामा सो भवन निर्माण गरिने भएको र सो को लागि देउखुरीमा रहेका स्थानिय तहहरु,उद्योगपति, संघसंस्था,ब्यवसायि, साहित्यकार एवं शुभचिन्तक सबैमा अनुरोध गरिएको मञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रममा साहित्यकार जागेश्वर शर्मा, नागरिक समाजका अगुवा निम बहादुर थापा, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि संघ दाङका अध्यक्ष दिपक भुसाल र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा ब्रमाकुमारी इशवरीय विश्वविद्यालय लमहीले ५ हजार १ सय पाँच, संस्थाका कोषाध्यक्ष निर्मला कार्किले ५ हजार पाँच, साहित्यकार गंगानाथ कोइरालाले ३ हजार र प्रमोद पौडेलले ४ हजार पाँच रुपियाँ सहयोग गर्नु भएको थियो । संस्थाका महासचिव निम बहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij