प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५
काठमाडौं । महिला रेस्लिंग संघ फेरि जुर्मुराएको छ । संघले यहि गएको माघ २९ गते नयाँ पुराना रेस्लरहरुलाई समेटेर एउटा रोचक भिडन्त गराएको छ ।
अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाएका छन् । संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि टेवा दिदै आएकी छिन् । डिआरएन ब्रान्डले प्रायोजन गरेको यो महा भिडन्त रोचक भएको छ ।
लक्ष्मी धर्तिमगर, भगबती माझी,जमुना तामांग, अस्मिता जुरेली, भगबती खड्का, दिनेश सुनार अमृता रेग्मी को भिडन्तलाई गुनराज रुचालबीच फाइट भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij