प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५
काठमाडौं । हिजो बुधबार ओरालो लागेको सुनको मूल्य आज बिहीबार पुनः उकालो लागेको छ।
आज बिहीबार छापावाल सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुनको मुल्य प्रतितोला ६१ हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij