आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • काठमाडौं । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।

    एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा हुनेछ ।

    पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहित बङ्गलादेश एउटै समूह परेका थिए । जसबाट म्यान्मा र भारत स्वतः छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको थियो ।

    यस्तै समूह ‘बी’ मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान छन् भने समूह ‘सी’ मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन् । दोस्रो चरणबाट तीनवटा समूहको शीर्ष स्थानमा रहने टोलीहरु तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

    यसअघि नै ‘बाई’ पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् ।

    यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल आठ टोलीबीच तेस्रो चरणको छनोट खेल हुनेछ । जसमा चार/चार राष्ट्रको दुई समूह हुनेछ ।

    दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु अन्तिम चरणको छनोटका लागि छानिनेछन् । त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ । आयोजकका रूपमा जापान भने यसअघि नै छनोट भइसकेको छ ।

    पहिलो चरणमा म्यान्मामा भएको समूह ‘सी’ अन्तर्गतका सबै तीन खेलमा बराबरी खेलेको नेपाल तीन अङ्कका साथ तेस्रो भएको थियो ।

    नेपालले बङ्गलादेश, म्यान्मा र भारतसँग बराबरी खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले खेलेको तीनवटै खेलमा बराबरी गर्दै दोस्रो चरणमा पुगेको थियो ।


    पहिलो चरणमा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij