मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाली सेनाद्वारा दाङमा पनि सरसफाइ कार्यक्रम सम्पन्न (फोटो फिचर )

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • निलम ओली , दाङ । नेपाली सेनाद्वारा दाङमा पनि सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । श्री मध्य पश्‍चिम पृतना हे.क्वा योगीकुटी ब्यारेक बुटवलको संयोजकत्वमा बृहत रुपमा फौज सहभागी गरी बर्दिया जिल्लाको चिसापानी देखि नवलपरासी जिल्लाको बर्दघाटसम्मको सरसफाई अभियान सम्पन्न भएको हो ।

    सरसफाई अभियान महेन्द्र राजमार्ज अन्तरगत पर्ने दाङ्ग जिल्लाको अमिलिया देखि भालुवाङ्गसम्म रिपुमर्दन गणका गणपति प्रमुख सेनानी श्री सुमन थापा मगरको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकार, स्थानियबासीहरु गरी करिब ५०० बढीको सहभागी थियो ।

    उक्त सरसफाई कार्यक्रममा प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, जिल्ला प्रहरी दाङ्गका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल नं.२९ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक तुल्सीराम दाहाल, रा.अ.वि. का उप.अनु.निर्देशक टेकराज तिमिल्सेना समेतको उपस्थिति रहेको थियो ।

    महेन्द्र राजमार्गमा पर्ने मुख्य मुख्य बस्तीहरुमा फौजलाई बिभाजन गरी सर सफाईको कार्यक्रम संचालन गरिएको थियो ।

    जस अनुसार अमिलिया ईलाकामा सह सेनानी दिपक कूमार बूढाथोकीको नेतृत्वमा फौज परिचालन गरी अमिलिया ईलाकामा सरसर सफाई गरिएको थियो भने रिहार ईलाकामा जम. प्रेमराज तूम्बापोको नेतृत्वमा सरसफाई कार्यक्रममा १५ जना, लमही बजार ईलाकामा गणपति प्र.से.श्री सूमन थापा मगरको नेतृत्वमा ३८ जना पत्रकार, स्थानियहरुको सहभागिता २०० बढी रहेको थियो भने, सिसहनिया ईलाकामा जम. केशर सिंह राईको नेतृत्वमा सरसफाई कार्यक्रमा १० जना, लालमटिया ईलाकामा जम.अर्जून हायू राईको नेतृत्व सरसफाई कार्यक्रमा १० जना साथै भलुवाङ इृलाकामा सह सेनानी रविर विक्रम राँणाको नेतृत्वमा २५ जनाको संख्यामा सहभागी भई उक्त बृहत सर सफाई कार्यक्रम सम्पन्न भएको थियो । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij