आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५



  • Nepali players celebrate their victory over Iran in the Hero Women’s Gold Cup match in Bhuwaneshwor on Wednesday. Photo Courtesy: ANFA

    काठमाडौँ,। भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् ।

    भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ ।

    दक्षिण एशियाली फुटलबमा सधँै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा म्यान्मालाई प्रतिद्वन्द्वी पाएको हो ।

    समूह चरणको पहिलो खेलमा नेपाल म्यान्मारसँग ३–० गोल अन्तरले पराजित भएकामा पछिल्ला दुई खेलमा भने भारत र इरानलाई पराजित गर्दै अन्तिम चरणसम्ममा पुगेको थियो । म्यान्मा भने लिग चरणका सबै खेलमा विजयी बन्दै अन्तिम चरणमा पुगेको हो ।

    विश्व बरियतामा नेपालभन्दा निकै माथि रहेको म्यान्मालाई हराउँदै महिला फुटबलको इतिहासमा उपाधि जित्ने अवसर नेपाली महिला टोलीलाई छ । फिफा बरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यान्मा ४४औँ स्थानमा रहेको छ ।

    नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिपको अन्तिम चरणमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा दक्षिण एशियाली खेलकूद (साग) मा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।

    नेपाल र म्यान्मा चार महिनायता तेस्रो पल्ट भिड्न लागेका हुन् । गत नोभेम्बरमा म्यान्माको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मालाई १–१ मा रोके पनि त्यसलाई नेपालले हिरो गोल्डकपको पहिलो खेलमा भने निरन्तरता दिन सकेन । अन्तिम चरणमा फेरि म्यान्मालाई रोक्ने प्रयास गर्ने प्रशिक्षक खड्काले बताए ।

    “हामी अन्तिम चरणमा अलि रणनीति बदलेर खेल्नेछौं, हामीले पहिला गोल खाएनौँ भने जित्न सक्छौं किनभने शुरुमै गोल खायौं भने हाम्रा खेलाडीले सन्तुलन गुमाउने गरेका छन’’–प्रशिक्षक हरिख खड्काले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij